२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

गोत्रबारे जान्नुपर्ने कुरा : कुन थरको गोत्र के हुन्छ ?

थर कुनै पनि व्यक्तिको मुख्य पहिचान हो । नाम धेरैसँग मेल खान्छ, थर पनि खान्छ । तर, थरसँग गोत्र पनि जोडिएको हुन्छ, यो चाहिँ सीमित हुन्छ । थर वास्तवमा निश्चित व्यक्तिको पारिवारिक परिचय हो । वंश र थर पुरुषबाट सन्तानमा जाने पितृसत्तात्मक परिपाटीका कारण थर यथार्थमा पुरुष वंशगत लहरोको रूपमा एक पुस्ताबाट अर्को पुस्तामा जाने गरेको छ । गोत्र कुल छुट्याउने भरपर्दो आधार हो । एकै जनाबाट जन्मिएको ठानिने हुनाले एउटै गोत्र भएका थरमा बिवाहवारी चल्दैन । त्यसैले थर र गोत्रलाई महत्वपूर्ण मानिन्छ ।

प्रसिद्ध समाजशास्त्री लुइस मोर्गनले आफ्नो ‘आदिम समाज’ नामक पुस्तकमा कविला युगमा सामूहिक परिवारमा बस्ने निश्चित एउटै हजुरआमाका सन्तानलाई एउटा गोत्रभित्रका मानिसहरू भनेका छन् । उनका अनुसार गोत्र भन्नाले एउटै हजुरआमाका सन्ततिहरूको मानव झुण्ड हो । त्यतिबेला बाबुको पहिचान आवश्यक नभइसकेकाले हजुरआमाका सन्तानलाई मानिएको हो ।

थर अनुसार गोत्र र गोत्र अनुसार प्रवरको निर्धारण गरिएको हुन्छ । जुन वैज्ञानिक र व्यवस्थित रहेको पनि पाइन्छ । थर, गोत्र र प्रवरले हाम्रो इतिहासलाई बोकेका हुन्छन् । हामी कुन ऋषिका सन्तति हौ भन्ने कुरा गोत्रले वहन गरेको हुन्छ । तिनै गोत्रसँग सम्बन्धित प्रवरले नजिकको सम्बन्ध गाँसेको हुन्छ ।

मानव विकासको इतिहासमा पौरस्त्य वाङ्मयका पहिला व्यक्ति मनु हुन् । मनु र शतरूपाबाट नै यो संसारमा मानवको विकास भएको हो । यसपश्चात् ऋषिहरूको पनि उत्पत्ति भएको कथा प्रसङ्ग पाइन्छ ।

गोत्रको अर्थ कल वा वंश भन्ने हुन्छ । गोत्रले वंश विस्तार गर्ने महर्षिहरूलाई पनि बताउँछ । विशेषतः विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम, अत्रि, वशिष्ठ र कश्यप सप्तर्षी र अगस्तिसमेतका सन्ततिलाई पनि गोत्र भनेर सम्बोधन गरिन्छ । गोत्रका ४९ भेद बताइएको छ ।
नेपाली तथा भारतीय सिंधु घाटी सभ्यता ( ई.पू.) विश्वको प्राचीन सिंधु( घाटी नदी सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थियो । यो हडप्पा सभ्यता र सिंधु(सरस्वती सभ्यताका नामले पनि जानिन्छ, हिन्दूका विभिन्न थरहरू हुन्छन् । ती थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका छन् ।

धर्मसिन्ध र निर्णयसिन्धमा ४९ प्रकारका गोत्र रहेको केरा उल्लेख गरिएको छ ।
गोत्रका वंश फैलाउने ऋषि विशेषलाई प्रवर भनिन्छ । प्रवरको अर्थ मुख्य वा प्रधान भन्ने पनि हुन्छ । गोत्रलाई विस्तार गर्ने ऋषि विशेष नै प्रवर हन् । प्राय तीन प्रवर प्रचलित छन् । यसैगरी पाँच प्रवर पनि केही थर गोत्रीले प्रयोग गरेका छन् ।

थरको नामाकरण कार्यविशेष, स्थानविशेष, वस्तुविशेषका आधारमा निर्धारण भएको पाइन्छ । भण्डारको काम गर्ने भण्डारी, अधिकारको प्रयोग गर्ने अधिकारी, निरोली खोलाको आसपास बस्ने निरौला आदि । यस विषयमा आ–आफ्ना रीतिस्थिति कल परम्पराले पनि भिन्नता ल्याएको हुन सक्छ । कतिपय भाषाका स्थानीय भेद एवं अन्य भाषासँगको प्रभावले पनि थर भिन्न बन्न पुगेका बताइन्छ ।

उद्गम स्थानसँग सम्बन्धित जस्तै, दुल्लुबाट हिँडेका दुलाल, पौडीबाट हिडेका पौडेल, पेशासँग सम्बन्धित जस्तै, प्रशासनको काम गर्ने कार्की, पदसँग सम्बन्धित जस्तै, मन्त्री खलक अमात्य, पद्वीसँग सम्बन्धित जस्तै, दीक्षित गर्ने आचार्य, लामा, सामाजिक हैसियतको सङ्क्रमणकालसँग सम्बन्धित जस्तै विटुला, जाति वा जातसँग सम्बन्धित, सीधै जात नै नाम थरको रूपमा प्रयोग यसभित्र पर्छन् । राष्ट्रियतासँग सम्बन्धित जस्तै, भारती, नेपाली, आस्था, मान्यतासँग सम्बन्धित जस्तै शिवभक्ति, खेवा,ऐतिहासिक घटना वा कूलसँग सम्बन्धित जस्तै वर्मशाखा, यसरी थरको नामाकरण गरिएका पाइन्छ ।

अब हेरौँ, कुन थरको गोत्र के हुन्छ ?

gotra list - newskarobar

अंगिरस–जोशी (सिलाई), सेढाई, शौनक, शाही
अगस्ति– ढुंगेल
अगस्त्य
अत्रि–चापगाईँ, बस्ती, मिश्र, खतिवडा, मल्ल, ओझा, अधिकारी, गोतामे
अपस्थंभ,
आत्रेय–दवाडी, दुलाल, पौडेल, थापा (पुवार, खुलाल, कालिकोटे र बगाले) पोखरेल (पानी), कालिकोटे (खड्का), अर्याल, सिग्देल
उषानस,
कश्यप–शाह, शाही, ठकुरी, रायमाझी, घिमिरे, गोदार (थापा), कठायत, गर्तौला, अधिकारी (भँडारे, खिलचिने र कौवाली), बोगटी, बुढाथोकी (सोडारी), पाँडे (सिमलदिया र बडखोरा), बडाल, श्रेष्ठ, लिम्बू, राई, शेर्पा तथा गोत्र तथा थरको पत्ता नभएको र पशु–पंछीहरुको
कात्यायन,
कौडिन्य–आचार्य, न्यौपाने, प्याकुरेल, पनेरू, सापकोटा, सत्याल, मरासिनी, पराजुली, बास्कोटा, त्रिताल, खड्का (कमलकोठे), थापा(गाम्ले र बगाले)
गौतम
घृतकौशिक–सुतार, कार्की, बराल, पण्डित, खनाल, नेपाल
उपमन्यु – मैनाली, ढकाल, बर्तौला, भट्ट (दुवाल), पाँडे
कौशिक – रेग्मी, खपतरी (खड्का, बिष्ट, बुढाथोकी र बस्नेत), खड्का, बिडारी, रिमाल, लामिछाने, ढुङ्गाना, धिताल, तिवारी, माझी, लुईँटेल, पुडासैनी, बानियाँ, रघुवंशी, भन्डारी, बस्ताकोटी
माण्डव्य– बजगाईँ, ज्ञवाली, पन्थी, मास्के, बजाइ
जमदग्नी,
दक्ष,
पराशर–मरहठ्ठा, लामा (कार्की), कट्टेल
बशिष्ठ– सुयल (घर्ती), राउत, भट्टराई, सुयल (थापा), दवाडी, थान्सिङे, भन्डारी, खरेल, चालिसे, मुडबरी
धनञ्जय– हुमगाईँ, रिजाल, पङ्गेनी, बसेल, कुकुरकोटे, गुरागाईँ, खुलाल, बस्नेत, भुसाल, खुलाल (बुढाथोकी), गौरीपिल्ली
बृहस्पति,
बौधायन,
बौधायन,
भारद्वाज– चौलागाई, सुवेदी, थपालिया, वैदवार, क्षेत्री, पन्थी, सिलवाल, बिष्ट (सिजापति), वाग्ले, लोहनी, पन्त, अधिकारी (थामी), दुधपोखरेल, शिवाकोटी, देवकोटा, निरौला, जमरकट्टेल, खड्का (लकाई), राउत, कर्णेल, शेर्पाली बस्नेत, पाँडे (कुलेटा), जोशी (लटौला)
भार्गव
मनू,
यज्ञवल्क्य
लिखित,
वत्स – राणा, कुँवर, लम्साल, दाहाल, रुपाखेती
विश्वामित्र– भट्ट (अलिना, दुवाडी, निरवंशी, रायल र राई)
विष्णु,
व्यास,
शंख,
शतताप,
संवर्त,
हरित

केही थर भने गोत्रमा बाँडिएको पनि पाइन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।