२०८२ चैत्र २१ शनिबार
२०८२ चैत्र २१ शनिबार

कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ९४.९ प्रतिशत

पछिल्लो २४ घण्टामा एक हजार ५०० जना कोभिड–१९ कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ९४.९ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा देशभरका प्रयोगशालामा पाँच हजार १८१ नमूना परीक्षण गर्दा थप ८३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताए ।

योसँगै कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ४८ हजार ४२३ पुगेको छ भने दुई लाख ३५ हजार ७३१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म एक हजार ६९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ । हाल देशभरि १० हजार ९९४ जना सक्रिय सङ्क्रमित छन् ।

प्रवक्ता डा गौतमले कोरोनाले ल्याएको क्षति कम गर्न सरकारको प्रयास जारी रहेको बताउँदै खोपको आविस्कार भइसकेको र त्यसलाई नेपालमा पनि सर्वसुलभ उपलब्ध गराउने तयारी भइरहेको बताए ।

मन्त्रालयका अनुसार विश्वमा सात करोड २१ लाख ७४ हजार ५८ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । त्यसमा निको हुनेको सङ्ख्या पाँच करोड, पाँच लाख ६२ हजार ९३८ रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।