२०८२ चैत्र २१ शनिबार
२०८२ चैत्र २१ शनिबार

सुदूरपश्चिम प्रदेशका थप ६९ जनामा कोरोना संक्रमण पुष्टि

 सुदूरपश्चिम प्रदेशका थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ८ नमूना परीक्षण गर्दा कैलालीका २७ सहित सुदूरपश्चिमका ४१ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप २१ जनामा संक्रमण देखिएको जानकारी दिए । 
कैलालीकै गौरीगंगा नगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका २ जना र टीकापुर नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ ।

यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका ४ जना, शुक्लाफाँटा नगरपालिकाका र कृष्णपुर नगरपालिकाका २÷२ जना र बेलौली नगरपालिकाका १ जनामा समेत संक्रमण पुष्टि भएको छ । त्यसैगरी डोटीका ५ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । 
उता अछामको कमलबजार प्रयोगशालामा गरीएको परीक्षणमा थप १५ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टका अनुसार साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका ५/५ जना, तुर्माखाँद गाउँपालिकाका र रामारोशन गाउँपालिकाका २/२ जना, मंगलसेन नगरपालिकाका १ जनामा संक्रमण देखिएको हो । 
यस्तै उता बझाङ जिल्ला अस्पतलाको प्रयोगशाला ७ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा ६ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ७८ पुगेको छ । संक्रमण पुष्टि भएका १० हजार ७ जना डिस्चार्ज भएका छन भने हाल सम्म ४६ जना संक्रमितको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।