२०८२ चैत्र २१ शनिबार
२०८२ चैत्र २१ शनिबार

लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानमा जेष्ठ नागरिक, एकल महिला, अगुवा महिला र उत्कृष्ट बिद्यार्थीलाई सम्मान

एकेन्द्र चन्द २४ मंसिर डोटी डोटीको बडिकेदार गाउपालिका वडा न ५ का जेष्ठ नागरिक, एकल महिला अगुवा महिला र उत्कृष्ट बिद्यार्थीहरुलाइ सम्मान गरिएको छ लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा बडिकेदार गाउपालिकाको आयोजनामा गाउपालिका भित्रका ५ वटै वडामा रहेका जेष्ठ नागरिक, एकल महिला अगुवा महिला र उत्कृष्ट बिद्यार्थीहरुलाइ सम्मान गर्ने क्रममा गाउपालिकाको वडा न ५ मा पनि सम्मान गरिएको हो

सम्मानमा जेष्ठ नागरिकलाई एक एक वटा कम्बल, टर्च र केही आर्थिक सहयोग सहित दोसल्ला ओडायर सम्मान गरिएको थियोे त्यस्तै एकल महिलालाइ पनि दोसल्ला सहित सम्मान गर्दै केही आर्थिक सहयोग गरिएको थियो भने वडामा महिलाको हक हितमा अग्र स्थानमा रहेर काम गर्ने उत्कृष्ट महिलाहरु र केदारेवर माबी मा अद्यनरत उत्कृष्ट बिद्यार्थीलाई सम्मान गरिएको हो

महिलाहरुलाइ ५० प्रतिशत अधिकार दिने भन्ने कुरा लेखाइमा मात्र सिमित रहेको भन्दै आफुले पाउने अधिकारको लागि स्वयं महिलाले नै सक्रिय हुनु पर्ने र समाजमा भैरहेका विभिन्न बिकास निर्माणका कार्यक्रममा समेत महिलाले नेतृत्व गर्नु पर्ने र सधै चुलो र चौकोमात्र सिमित नहुन कार्यक्रमका प्रमुख अथिती बडिकेदार गाउपालिकाका उपाध्यक्ष इन्द्रा बोहरा (भाटले) बताउनु भयो

सम्मान कार्यक्रममा बोल्दै बडिकेदार गाउपालिका ५ का वडा अध्यक्ष बुद्धि सागर बिनाडिले आफू सधै महिला हिंसा विरुद्ध प्रतिबद्ध रहेको र समाजमा रक्सीले बिकृती फैलिएको भन्दै यश कार्यमा महिलाहरु एक जुट हुनु पर्ने एक महिलाले अर्को महिला हिंसामा पर्दा समेत सहयोग गर्नुको साटो ताली बजाउने गरेको र यसरी आपसमा नै महिलाले महिलालाइ नै सहयोग गर्न नसक्नेहो भने महिला हिंसा विरुद्धको अभियानले सार्थकता नपाउने समेत वडा अध्यक्ष बिनाडिले बताउनु भयो

प्रतेक बर्ष मनाइने महिला हिंसा विरुद्धको कार्यक्रममा यसरी नै सम्मान गरिने र यश पटक नपरेका नागरिकलाइ अर्को पटक क्रमश सम्मान गर्दै जाने महिला संजालका बडिकेदार गाउपालिका ५ कि अध्यक्ष इन्द्रा देबि चन्दले बताइन

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।