२०८३ बैशाख २९ मंगलवार
२०८३ बैशाख २९ मंगलवार

सुदुर पश्चिम प्रदेश भुकम्पको उच्च जोखिममा : ईन्जिनियर ऐर

सुदुर पश्चिम प्रदेश भुकम्पको उच्च जोखिममा “पछि पस्ताउनु भन्दा पहिले नै सुरक्षा र साबधानि अपनाउनु बेस ” यदि सुदुरपश्चिममा २०७२ को जस्तै ठूलो भुकम्प जाने हो भने यहाँका लगभग ६०% संरचना घरहरु तहसनहस हुन सक्छ्न ।

सुदुरपश्चिमका ९ जिल्ला मध्ये तराईका दुई जिल्ला कैलाली कंचनपुर बाहेकाका ७ पहाडी जिल्लामा अार सि सि पिल्लर बाला पक्की घर हरुको संख्या २०% मात्रै पनि छैनन बाकी ८०% घर हरु ढुङ्गा माटोले बनेका कच्ची अनि पुराना प्रबिधिले बनेका घरहरु छ्न ।

अधिकान्स बिद्यालय हरुको अबस्था पनि निकै जिर्ण अनि दयनीय छ अहिले प्रत्येक जिल्लामा स्थानीय तहहरु छ्न प्रत्येक गाऊपालिका नगरपालिकामा प्रयाप्त प्राबिधिक इन्जिनियर हरु छ्न र पनि गाऊमा नया घर बनाऊने घरधनिहरु बलियो घर कसरी बनाऊने भनी परामर्श को लागि प्राबिधिक सम्म सल्लाह को लागि जादैनन यो कुरा दु:खद हो ती प्राबिधिक हरुले पनि भुकम्प सम्बन्धी तालिम जानकारी प्रयाप्त पाएका छैन्नन ।

भुकम्प जुनसुकै बेला पनि आउनु सक्छ भुकम्प आएपछि मात्रै बलियो घर बनाउने भनेर कुर्नु मुर्खता हो जुन मुर्खताको सिखार सिङ्गो परिवार नै बन्ने खतरा रहन्छ स्थानिय सरकारले गाऊगाऊमा बलियो नया प्रबिधी मैत्री घर बनाऊने सम्बन्धी सचेततामुलक कार्यक्रम गर्नु पर्छ प्राय जसो मनिसहरु ५० बर्ष भन्दा पुराना घरमा बस्दै आएका छ्न । आर्थिक स्थिति कमजोर भएका नागरिक हरुको बाहुल्यता रहेको हाम्रो प्रदेसमा एक घरमा १०- देखि १५ जना सम्मको सदस्य हरु परिवारमा बस्ने गरेका छ्न ।

स्थानीय तहले अार सि सि घर निर्माण गर्दा मात्रै भुकम्प प्रतिरोधात्मक घर सम्बन्धि मापदण्डमा रहेर घर निर्माण गराई राखेको छ अब ढुङ्गा माटोको कच्ची घर बनाऊदा समेत निश्चित मापदण्ड तोकेर बलियो घर बनाऊन जनतालाई निर्देसित गर्नु अत्यावश्यक छ ।

म बिगत ३ बर्स देखि स्याङ्जाको वालिङ नगरपालिकामा रास्तिय पुनः निर्माण प्राधिकरण अन्तर्गत भुकम्प निजि आवास निर्माणको प्राबिधिक ईन्जिनियर को रुपमा कार्यरत छु यहाँ नगर भरिमा १७०० भुकम्प पीडित कायम भएका थिए २०७२ को भुकम्प पछि हाल १४०० घर निर्माण सम्पन्न भैइसकेका छन यस क्षेत्रमा बनेका ढुङ्गा माटोको घर भुकम्प प्रत्तिरोधी छ्न यी घर को तुलनामा हाम्रो तिर गाऊमा निर्माण गरिने कच्ची घरमा आकासपातल को भिन्नता छ ।

समयमै सचेत भई आफ्नो घर सुरक्षित अनि बलियो भुकम्प प्रतिरोधी बनाउ , बलियो भुकम्प प्रतिरोधात्मक ढुङ्गा माटोको घर निर्माण यसरी गर्न सकिन्छ ।

No description available.No description available. लेखक – हेमन्त ऐर ( ईन्जिनियर ) बैतडी हाल स्याङ्जा वालिङ

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।