२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

१७ बर्षिया छोरीको पेटमा रहेको गर्भ बाबुले स्विकारेपछी…!

शुक्रबार साँझ छोरीले पेट र ढाड दुख्यो अस्पताल जाउँ भने पछि परिवारले बनेपाको शिर मेमोरियल अस्पताल पुर्‍यायो । तत्काल उनको पेटमा बच्चा भएको र सुत्केरी ब्यथा लागेको बताए पछि आमा छाँगाबाट खसे झै भईन । उनले पटक पटक छोरीलाई नियमित महिनावारी भएको नभएको सोधेको भए पनि उनले झुक्याउँदै आएकी थिईन् । अस्पताल लैजान बाबु नै अघि सरेका थिए ।

प्रहरीले अनुसन्धान गरे पछि मात्रै उनको गर्भमा रहेको बच्चा बाबुको भएको पत्ता लागेको थियो । ‘मैले साउन देखि छोरीसँग नियमित सम्पर्क गर्दै आएको हुँ पेटमा भएको बच्चा मेरै हो’–प्रहरीसँग बाबुले स्विकारेका छन् ।” बालिकाको आमाको पित्त थैली निकालिएको छ । ढाडको अप्रेसन  गरिएको छ । आमा रोगि भए पछि बाबुले जर्बजस्ति नियमित सम्प र्क गरिरहे पनि कसैलाई भन्न नसकेको बालिकाले बताएकी छिन् । उनिहरु एउटै कोठामा बस्छन् । ८ वर्षको छोरा र १३ वर्षको छोरी सँगै थिए । चार छोरी मध्ये उनि माईली हुन् ।

एउटी छोरीको रामेछापको मन्थलीमै विवाह भएको छ ।‘उसलाई प्रहरीले थुनेपछि हामीले देहत्याग गर्नु बाहेक अर्को विकल्प छैन’–बालिकाको आमाले प्रहरीलाई बताईन ।अबैद्य गर्भ बोकाई जर्बजस्ति करणी गर्ने बाबु गोकर्णलाई प्रहरीले आईतबार विहान कोठाबाटै पक्राउ गरेको छ । ‘छोरी र बच्चा अस्पतालमा उपचारार्थ छन्, बाबु प्रहरी नियन्त्रणमा छन्’–इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले भन्नुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।