२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

जिल्ला कारागार दार्चुलाका ३५ जनामा कोराना संक्रमण पुष्टि

जिल्ला कारागार दार्चुलाका ३५ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

दार्चुला कारागारबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका ३५ जनाको बुधबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा कोरोना परिक्षण गरिएको थियो ।

कारागारभित्र ठाउँ अभावमा संक्रमितलाई अलग्गै कोठामा राख्न सकिने अवस्था नभएको कारागार कार्यालय दार्चुलाका प्रमुख मानबहादुर खडायतले जानकारी दिए । । दार्चुला कारागारको २५ जना पुरुष र १५ जना महिला गरि ४० जना कैदिबन्दी राख्ने क्षमता हो ।

तर अहिले क्षमताभन्दा २० जना बढी कैदीबन्दी राखिएका छन् । हाल दार्चुला कारागारमा १२ थुनुवा र ४८ जना कैदी गरि ६० जना कैदीबन्दी रहेका छन् जसमा ५७ जना पुरुष र ३ जना महिला कैदी रहेको कारागार प्रमुख खडायतले बताए । बुधबार संक्रमण पुष्टि हुनेमा ३० जना कैदीबन्दी र ५ जना कारागारमा कार्यरत कर्मचारी र सुरक्षाकर्मी छन् ।

फरार अभियुक्तको सूचिमा रहेर भारतबाट फर्किएका कैदीलाई प्रहरीले पक्राउ गरि अदालतबाट कारागार चलान गरेको थियो । उनिहरुबाट नै कारागारभित्र कोरोनाले प्रबेश पाएको हुनसक्ने आशंका गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।