२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

कैलालीमा छुट्टा छुट्टै दुर्घटनामा २ को मृत्यु ४ घाईते

धनगढी- कैलालीमा छुट्टा छुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।

 बुधबार राती र आज बिहान भएका दुर्घटनामा कैलालीमा २ को मृत्यु भएको र ४ जना घाईते भएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

   सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का रंगप्रसाद न्यौपानेको मृत्यु भएको छ । न्यौपानेले चलाएको सुपप्र ०१००८प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएपछि उपचारका लागि लालरत्न अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको बुधबार राती मृत्यु भएको हो ।

 यस्तै मोटरसाइकलको पछाडी सवार  लम्कीचुहा नगरपालिका १ कै ३९ वर्षीय जयप्रकाश न्यौपोने र ५० वर्षी जन्मजय न्यौपाने घाइते भएका छन् । उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यसैगरी बसको ठक्करबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ । कैलालीको लम्की–चुहा नगरपालिका वडा नम्बर ९ की ३५ वर्षिया भागरथी रेग्मीको बसको ठक्करबाट मृत्यु भएको हो । बर्दगोरिया गाउँपालीका वडा नम्बर ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाईकमा सवार रेग्मीलाई सोहि दिशा तर्फ गईरहेको से १ प ९५७ नम्बरको बसले ठक्कर दिएको थियो । मोटरसाईकलका चालक लम्कीचुहा नगरपालीका वडा नम्बर ९ प्रतापुरका राम बहादुर चौधरी घाईते भएका  छन् ।

 उनको घोडाघोडि अस्पताल सुखडमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने बसका चालक ३६ वर्षीय खकेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय सुखडका पमुख प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी   दिए । रेग्मी नेपाली काँग्रेसकी कैलाली क्षेत्र नम्बर २ की क्षेत्रीय कोषध्यक्ष समेत हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।