२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

कविता “घर फर्क ?”

जब जब पेटमा
भोकको रापले पोल्न थाल्छ,
नाबालक छोराछोरीहरु भोक
भनेर घरमा कराउन थाल्छन,
श्रीमती जी भान्साबाट कराउदै
खाली भाडा बजाउन थाल्छीन,

बिरामी बुढी आमा भित्रबाट
औषधि सक्कीएको गुनासो गर्छिन

उ दायाँतिर फर्कन्छ छोराछोरी हरु
निन्याउरो अनुहारमि बसेका देख्छ,
बायाँतिर फर्कन्छ श्रीमती रिसाएकी,

पछाडि दमले च्यापेकी बुढी आमा,
फरक्क फर्कन्छ तरर आसु झार्दै
सरासर हिडछ विकल्पको खोजीमा ।।

उसका परिश्रमी हातहरु रोकिदैनन,
उसका संघर्षी पैतलाहरु रोकिदैनन,
उसको पिडित मस्तिष्क रोकिदैन ,
उ निस्किन्छ घरबाट योजना बिनै
पस्न खोज्छ संघर्षको मैदान भित्र ।।

एकोहोरो हिडिरहदा पर चोकमा
अचानक पुलिसदाइले सोध्नुहुन्छ
कता ? कीन ? कसरी ? के केमले ?
बन्द भन्ने थाहा भएर पनि हिड्ने ?
उ नाजवाफ ! दुई डण्डा कम्मरमा
र मुख भरिको जवाफ सित्तैमा पायो
त सरकारको नियम पालना न गर्ने ?
यस्तो समयमा घरबाट निस्कीदिने ?
बिना काममा गाउमा डुल्दै हिड्ने ?
सरकारको नियम पालना गर्नु पर्दैन ??

आखाबाट फेरी धररर आसु खसाल्दै
आकास तिर हेर्दै उसले मनमनै सोच्यो
कास ! हाम्रा लागी सरकार भैदेओस
हाम्रालागी सुहाउने नियम बनाओस
र पछि हामीपनि त बाध्य हुनेथियौ नि
सरकारको नियमको पालना गर्न !!
प्रकृति तीपनि कति अन्याय गर्छौ है ?
सधै केही नहुने हरुकै घरमा मात्र
बिनास लिएर आउछौ सखाप पार्छौ
यति सोच्दै गर्दा फेरी आवाज सुन्यो
त घर फर्क !! उ सरासर रुदै घर फर्कियो ।
– लक्ष्मि जाेशि
कैलाली (धनगढि), धनगढी नगर बाल संञ्जाल उपाध्यक्ष

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।