२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

कञ्चनपुरको बेलौरीमा सशस्त्र प्रहरीको १४ औं बिओपी

कञ्चनपुर, ३ असोज । बेलौरी नगरपालिका–८ पचुँईमा आज सशस्त्र प्रहरी बल नेपालको १४ औं बोर्डर आउट पोष्ट९बिओपी०को उद्घाटन गरिएको छ । सशस्त्र प्रहरीको अत्तरिया स्थित नं ७ बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक ९डिआइजी० हरिशङ्कर बुढाथोकीले बोर्डर आउट पोष्टको उद्घाटन गरेका हुन् ।

पोष्टको उद्घाटन गर्दै उनले राष्ट्रहितलाई सर्वोपरी ठानेर कार्य गर्नुपर्ने उल्लेख गर्दै सीमा क्षेत्रका जनतालाई शान्ति सुुरक्षाको अनुभूति हुने गरी काम गर्नुर्ने बताए । “सीमा अपराध रोक्नका लागि प्रभावकारी रुपमा कार्य गर्न कटिवद्ध हुनुपर्छ”, उनले भने, “यसका लागि २४ सै घण्टा नसुतेर सुरक्षा गर्न सधैं तत्पर हुनुपर्छ ।” उद्घाटन गरिएको बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी निरीक्षक सुदीप कार्कीको कमाण्डमा ३५ जनाको टोलीलाई खटाइएको छ । यहाँको भारतसँगको सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १४ बिओपी छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।