२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

पढाईका लागि अभिभावकको राय सुझाव संकलन गर्दै अजयमेरु ।

डडेल्धुरा (अजयमेरु)- गाउँपालिकाले स्थानीय तहमा रहेका विद्यालय सञ्चालनका लागि अभिभावकको राय सुझाव संकलन गर्ने भएको छ। गाउँपालिकाले असौज १० गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।

annapurna post

कोरोना संक्रमण दर सुन्य रहेको अजयमेरु गाउँपालिकामा वालवालिकालाई पढाइतिर उन्मुख गर्नका लागि अभिभावकको राय लिन असोज ७ भित्र भेला बोलाई छालफल गर्न पत्राचार गरेको जनाएको छ। अभिभावकसँगको छलफल पश्चात बालबालिकाको पढाइलाई नियमितता दिने अजयमेरु शिक्षा शाखाले जनाएको छ।

शिक्षा तथा प्रविधि मन्त्रालयको भदौ १९ मा मन्त्री स्तारिय बैठकबाट पारित निर्णय अनुसार विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा विभिन्न विकल्प प्रस्तुत गरेको थियो। निर्देशिकाको दफा ३३ को उपदफा २ मा कुनै क्षेत्र विषेश कोरोनाको संक्रमण दर हेरी नियमित रुपमा विद्यालय संचालन हुन सक्ने अवस्था भएमा पत्यक्ष सिकाई क्रियाकलाप गर्न वाधा हुने छैन भन्ने निर्णय अनुसार अजयमेरु गाउँपालिकाले पनि स्थानीय तहमा अवस्था सामान्य रहेको कुरा उल्लेख गर्दै केही दिन अगाडी विद्यालय खोल्ने पालिकास्तरिय निर्णय पारित गरेको छ।

कोभिड १९ को अवस्था अजयमेरु गाउँपालिकामा समान्य रहेको भन्दै अभिभावकसँगको सल्लाह पछि विद्यालय खोल्ने जनाएको छ। भदौ ७ गते सम्म गाउँपालिका भित्र रहेका विद्यालयले अभिभावकसँग छलफल गरि सुझाव पेस गर्ने परिपत्र अनुसार भेला बोलाउन लागेको विद्यालयले जनाएको छ। तह अनुसार अभिभावकलाई निमन्त्रणा गरि छलफलबाट राय सुझाव संकलन गरि विद्यार्थीलाई समुह वनाई पठनपाठन सुरु गरिने बालकल्याण माविका प्रधानाध्यापक जगदिशसिंह भण्डारीले बताए। गाउँपालिकाकै निर्ण अनुसार वालकल्याण माविले अभिभावकलाई असोज ७ गते चार समुहमा अभिभावकलाई आमन्त्रण गरेको छ।

गाउँपालिकामा जम्मा ३२ वटा विद्यालय छन्। धेरै जसो विद्यालयमा क्वारेन्टाईनको व्यवस्था गरिएको भए पनि अहिले गाउँपालिका भर कोरोना संक्रमित शून्य रहेका गाउँपालिका उपाध्यक्ष कलावती भाणले बताइन। असौज १० बाट विद्यालय सञ्चालन गर्नका लागि सर्वपक्षीय छलफल भईरहेको र १० गतेबाट पुर्ण पठनपाठन सुरु हुने गाउँपालिका उपाध्यक्ष भाणले जानकारी दिईन।
सबैको रायसुझाव संकलन गरि नियमित पठनपाठन गर्ने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ। तर गाउँपालिका भित्र रहेका प्राविधिक विद्यालयहरुमा बाहिरबाट आउने विद्यार्थी भएकाले केही चुनौती भने रहेको छ।

लकडाउनमा बालबालिकामा मानसिक तनावका साथै पढाइसमेत कमजोर भईरहेको अभिभावकहरुको ठहर रहेको छ। उनीहरु भविष्य निर्धारण गर्नका लागि सुरक्षा समाग्री अपनाएर भए पनि विद्यालय खाल्नुपर्ने अजयमेरु-१ का अध्यक्ष दत्तीसिंह भण्डारीले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।