२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

आजदेखी कैलालीमा निषेधाज्ञा थप खुकुलो पारियो

धनगढी – आजदेखी कैलालीमा निषेधाज्ञा थप खुकुलो गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय कैलालीले असोज १ गते देखी निषेधाज्ञा थप खुकुलो गरेको हो । । यस अघि भदौ ३१ गते सम्मका लागी आदेश जारी गर्दे जिल्लामा निषेधाज्ञा लागु गरेको थियो।

कैलालीमा  थप गरेको निषेधाज्ञा  हिजो मध्भ्यरातिदेखि सकिएपछि आजदेखि थप खुकुलो बनाउँदै निषेधाज्ञा जारी भएको छ। प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै निषेधाज्ञा अझै खुकुलो बनाएका हुन्।
तर आज देखी केही खुकुलो बनाउँदै निषेधाज्ञा लम्बाइएको छ। स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग २०२० बमोजिम थप खुकुलो पार्दै निषेधाज्ञालाई अर्को सूचना जारी नभएसम्मका लागि लम्ब्याईएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।
 

आजदेखि सार्वजनिक सवारी साधनको जोरबिजोर प्रणाली हटाइएको छ भने ५० प्रतिशत यात्रु मात्रै बोक्न पाइने भएको छ। यात्रु बोक्दा चालक र चालक दलका सदस्यहरूले भाईजर, पञ्जा र मास्क अनिवार्य प्रयोग गर्नुपर्ने छ भने यात्रुलाई पनि मास्क अनिवार्य प्रयोग गर्न लगाउन पर्नेछ।
 
तोकिएको भाडामा अधिकतम ५० प्रतिशत थप भाडा लिन पाइने प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेशमा उल्लेख छ। स्वास्थ्य सेवा लगायतका अत्यावश्यक सेवा यथावत् रूपमा सञ्चालन गर्न पाइनेछ। जनस्वास्थ्यको मापदण्ड पूरा गरी व्यापार, व्यवसाय पनि यथावत् रूपमा सञ्चालन हुने छ भने होटेल रेस्टुरेन्ट भिडभाड नहुने गरी सञ्चालन गर्न पाइनेछ।
 
शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरू, सिनेमा हल, पार्टी प्यालेस, फन पार्क, रङ्गशाला, फुटसल, खेलकुद स्थल, सैलुन, ब्युटी पार्लर, स्विमिङ पुल, जिमखाना, फिटनेस सेन्टर, सैलुन लगायतका सेवा तथा स्थलरुह सञ्चालन गर्न पाइने छैन। सभा, सम्मेलन, भेला, गोष्ठी लगायतका सामूहिक गतिविधि गर्न पनि रोक लगाइएको छ।

सरकारी कार्यालय भिडभाड नहुने गरी सञ्चालनको व्यवस्था मिलाउन आदेश दिइएको छ। बैङ्क तथा वित्तीय संस्था पनि भिडभाड नहुने गरी सञ्चालन गर्न आदेश दिइएको छ।

उद्योगहरू नेपाल सरकारबाट निर्धारित वाणिज्य तथा आपूर्ति सम्बन्धि सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमती दिइएको छ। राति १० बजेदेखि विहान ५ बजेसम्म भने अत्यावश्यक कामबाहेक हिडडुल गर्न रोक लगाइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।