सुरत तमोलि/ डडेल्धुरा- डडेलधुराको गन्यापधुरा-०१,भात्काडामा रहेको मिलन युवा क्लबको समिती पुनर्गठन भएको छ।क्लबमा कुशजङ्ग देउबाको नेतृत्वमा ११ सदस्यीय समिती चयन गरिएको छ।



बाल दिवसको अवसरमा भाद्र २९ गते भात्काडामा पुरानो समितिको कार्यसमिति को कार्यकाल समाप्त भए सङै साधारण सभा बाट नया समिती चयन गरिएको हो।
नयाँ समितिमा अध्यक्ष कुश जङ्ग देउबा,उपाध्यक्ष समीर भट्ट,कोषाध्यक्ष पुजा शिलाधर,सचिब रोशन मल्ल,सहसचिब सुरज शिलाधर सदस्यहरु चन्द्रा भट्ट, सुमित भट्ट,दिपक जोशी,लोकेन्द्र महरा,सन्तोष भट्ट र सुरेस मल्ल रहेका छन ।
विभिन्न उपसमिती चयन र अन्य निर्णय गर्दै भेला सम्पन्न भएको नवनिर्बाचित अध्यक्ष कुशजङ्ग देउबा ले बताएका छन।
साथै उनले“सामाजिक कामका हरेक क्षेत्रमा युवा सहभागिता र खेलकुद,कला सङै अन्य बिधामा समेत प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भुमिका रहने बताएका छन।”

























