२०४७ भन्दापहिला र बहुदल पछि शुदुरपश्चिममा नेपाली काङ्ग्रेस पहिलो पार्टी र नेकपा एमाले दोस्रो पार्टी थियो , भने त्यसपछि पछि माअोवादिमा परिणत भएको भुमिगत मसाल पार्टीको खुला मोर्चा जनमोर्चा नेपालको सङ्गठन राम्रै गतिविधिमा थियो भन्नेकुरा २०४९ को स्थानीय चुनावमा कंचनपुरमा ४ वडा , कैलालीमा २ वडा , डोटि सिलगडिमा १ वडा जितेको थियो !



शुदुरपश्चिम माअोवादि अान्दोलनमा अाफुमात्र पहिलो र एक्लो बृहस्पति भनेर व्याख्या गर्ने लेखराज भट्टले र हुट्टिट्याउले एक्लै अाकाश थामेको भन्ने कुरा एउटै भएको तत्कालीन माअोवादि नेताहरू बताउँछन् ! तत्कालीन जनमोर्चा र पछि माअोवादि अान्दोलनमा लेखराज भन्दा कयौ सिनियर नेताहरू कविराज पण्डित , मेघराज अाचार्य र तारामान स्वार लगायतका नेताहरू कैलाली र अन्य जिल्लाहरूमा सक्रिय थिए ! तिनै नेताहरुको पङ्क्तिले नेविसंघको तत्कालीन झगडालु ठिटो लेखराजलाई संगठित गरेका हुन र साथै तिनै नेताहरूले हरि ज्ञवालि , पुष्कर शर्मा , मंगल चौधरी , र हेमराज भट्टराईलाई पनि । त्यसैले लेखराजले अाफु शुपमा संस्थापक कम्युनिस्ट र माअोवादी हु भन्ने कुरा ती अादरणिय नेताहरुप्रति ठुलो अपमान/उपेक्षा हुन्छ !
जयराज भट्ट तत्कालीन एमालेको मजदुर संगठनमा कार्यरत रहदा एकताकेन्द्र मसालमा यिनै पुराना नेताहरूले प्रवेश गराएका हुन ! खगराज भट्ट २०३१ पौष २ गते जन्मेका थिए , बहुदलपछि २-३ महिना डडेल्धुरामा काङ्ग्रेसको प्रभावका कारण उहाँ पनि नेविसंघमा संगठित भएको स्वयं अाफै स्वकार्नु हुन्छ तर राप्रपामा भने होइन ! पछि सहोदर दाजु जयराजले (हाल सहिद) तत्कालीन जनमोर्चामा संगठित गराएका थिए । वि.स. २०५० सालको नेपालगन्जको अनेरास्ववियुको भेलाबाट अध्यक्ष हुँदै केन्द्रीय सदस्य र पहिलो शुपको पुर्णकालिन कार्यकर्ता हुनुभयो र सक्रियता पुर्वक २०५१ को मध्यावधि चुनाव बहिष्कारमा सामेल हुनुभयो ।
२०५२ फागुन २४ गते डडेल्धुराको विरोद भन्ने ठाउबाट खगराज भट्टलाई गिरफ्तार गरियो र साथमा जनयुद्धका प्रचार सामग्री र एक डायरी समते नियन्त्रणमा लियो !जति धेरै यातना दिदापनि र अब जनयुद्धमा सामेल नहुने शर्तमा प्रशासनले कागत गरेर छुट्न भनेको कुरा स्विकार गर्नु भएन बरु ४८ घण्टा अामरण अनसन बसेपछि तत्कालीन प्रशासनले अदालत पेश गर्यो र १ बर्ष कैद भुक्तान गर्नुभयो ! त्योबेलाको रोचक प्रश्ङग चाहि केछ भने खगराजका गाउले मामा पर्ने तत्कालीन काङ्ग्रेसका पुर्व मन्त्री गणेश भट्ट लगायतका नेताहरु उहालाई कागत गरेर छुटाउन कयौंपटक छलफल र प्रयास गर्दापनि उहाले ठाडै अस्विकार गर्नुभयो। चरम यातना दिदादिदै कयौंपटक बेहोस हुदा डडेलधुरा अस्पतालबाट स्वास्थ्यकर्मी गएर उपचार गरेको अहिलेपनि ती स्वास्थ्यकर्मिहरु सम्झन्छन् ।
त्रिलोचन भट्ट , देविदत्त पाण्डे , गोपाल चन्द , नरेन्द्र जाग्रि , मनकुमार महतारा , करविर भण्डारि लगायतका नेताहरू जनयुद्ध पुर्वनै भारतमा संगठित थिए ! त्यसमा केही जनयुद्ध थालनिमा नेपाल अाउनुभयो , केही जनयुद्ध उत्कर्ष भएको बेला अाउनुभयो भने केही शान्तिप्रकिया पछि नेपाल अाउनुभयो भने लक्ष्मिजोशी २०५८मा तत्कालीन नेकपा मालेबाट बिद्रोह गरेर अाएका हुन । तर यी वाहेक लेखराज भट्टले भारतबाट व्यापकरुपमा संगठित गरि नेपाल ल्याइएका मान्छे को थिए सोध्नुपर्ने र जान्नुपर्ने बिषय छ। बरु अाफ्नो ज्यान जोगाउन र अाफ्नो झोला बिसाउन लेखराज भारत गएर यिनको अाश्रय भने पक्कै लिएकै हुन ।
लेखराज भट्टले शुपमा कार्यकर्ता र पार्टीको अधोगति लागउन थालेपछि पार्टी हेडक्वाटरले लेखराजको जिम्मेवारीबाट संगठन नचल्नेभएपछि केन्द्रबाट तारामान स्वार , २०५२ मा पम्फा भुषाल , २०५४ मा कृष्णबहादुर महारा , २०५४ मै अग्निप्रशाद सापकोटा , २०५५मा यानप्रसाद गौतमा , २०५७-५८ मा जनार्दन शर्मा , २०५९मा दिनानाथ शर्मा , फेरी २०५९-६१ जनार्दन शर्मालाई शुपको जिम्मेवारी दिएर संगठन निर्माण गरेका थिए ! शान्तिप्रकियापछि नेत्र बिक्रम चन्द , नारायण शर्मा , पम्फा भुसाल , धर्मेन्द्र बास्तोला , कुलप्रसाद केसि , गरिधारिलाल न्यौपाने , हरिबोल गजुरेल लगायतका नेताहरू अाएर संगठन चलाएको तत्कालीन दस्तावेजमा उल्लेख्य छ भने लेखराजले कहिले र कसरी नेतृत्व गरेका रहेछन् भन्ने कुरा घाम जस्तै छ ! त्यसैगरी मुख्य भुमिकामा नभएनि स्थानिय रुपमा खगराज भट्ट , हरि ज्ञवालि , नेप बहादुर चौधरी , लक्ष्मी जोशी , शरदसिंह भण्डारि , रेणु चन्द , टेकेन्द्र भट्ट , शंकर भण्डारी लगायतका नेताहरूले खेलेको भुमिकाले शुप माअोवादि अान्दोलनको तेस्रो पिल्लर बनेको सत्यलाई लुकाएर अाधाभन्दा बढिसमय भारतमा दलालि गरेका लेखराजले अाफ्नो ठुलो योगादानबाट मात्र जनयुद्ध बढेको भन्नु मानसिक भष्टिकरण मात्र हो ।
जानकार र दस्तावेजहरुका कारण सेना निर्माण , संगठनात्मक र सैन्य नेतृत्व निर्माण , प्रभावकारि जनपरिचालन , सांस्कृतिक पक्षमा जनजागर लगायत कयौ सृजनात्मक कार्यहरुको श्रेय एकमात्र जनार्दन शर्मालाई नदिदा राजनीतिक अपराध हुनजान्छ ।
स्थानिय कार्यकर्तालाई पेलेर पलायन गराउने र कर्णाली पारिबाट अाएका नेता कार्यकर्तालाई साम्राज्यवाद र विस्तारवादिको संङ्ज्ञादिएर भाडभैलो मच्चाउने र पटकपटक कार्बाहिको भोगि भने लेखराज भइनैरहन्थे ! कामरेड मन्जु बमलाई अन्तरिम माननीय बन्ने प्रंशगमा समेत लेखराज भट्टले अापराधिक मानसिकता बाट छट्पटीएर गलत अपबाह फैलाउन खोजेको छ , तर बिषय तेसो नभएर जनयुद्धमा मन्जु भन्दा रेणु चन्द सिनियर हुदाहुदै कमिटीमा छलफल नै नगरेर रेणु चन्द प्रतिको पुर्वाग्रह साध्न मन्जुलाई सारेको तत्कालीन कमिटीका जिम्मेवार सदस्यहरु बताउछन् तर मन्जु बम स्वयं अाफै जनयुद्धका हरेक मोर्चामा सामेल भएकि महिला हुन ।
अाफुलाई मनपर्दा त्यो व्यक्ति योग्य र सक्षम हुने तर मन नपर्दा नालायक र अयोग्य हुने ! दास मात्र उत्पादन गर्ने र योद्धा वनाउन नचाहाने सामन्तवादी प्रवृति लेखराजको पुरानो बानि हाल सम्म पनि कायमै रहेको सबैलाई थाहा नै छ , यो कम्युनिस्ट पार्टीका लागि सबैभन्दा ठ

























