दिपकराज भट्ट / डडेल्धुरा – भनिन्छ नि हरियो वन नेपालको धन । नेपाल एउटा भुपरसवेस्टि देश हो । नेपालमा कुल भुभागको ४४.७४ प्रतिशत वन क्षेत्रले ओगटेको छ । यसै माथि वनका लागि धाि मानि सुदुरपहाडको मुटु डडेल्धुरामा देशको सबै भनेदा वढि वनजंगल रहेको क्षेत्र हो । यहाँ ७८.८९ प्रतिसत वनजंगल क्षेत्र रहेको छ । डडेल्धुरा आउदा जो कोहिको मन खुसि हुन्छ कारण यहाको वनजंगल नै हो ।
डडेल्धुरा जिल्ला प्राकृतिक सुन्दरताले भरिभराउ, हरियाली वन,जडिबुटी ,जैविक विविधता , वातावरणिय,ऐतिहासिक,पुरातत्त्विक,धार्मिक रुपले भरिभराउ भएको जिल्ला हो । यश जिल्ला को कुल क्षेत्रफल १५३८०० हेक्टर रहेको छ ।
डडेल्धुरा जिल्लाको पाच ओटा महाभार क्षेत्र ओगटेका भागेश्वर गाउँपालिका ,परशुराम नगरपालिका,गन्यापधुरा गाउँपालिका, आलिताल गाउँपालिका र अमरगढि नगरपालिकाले यो क्षेत्र ओगटेको छ । पश्चिम भागेश्वर देखि गन्यापसम्म रहेको यो क्षेत्रमा भागेश्वर मन्दिर धुरा , धर्मशाला, तेलेको लेक, गन्यापताल, शिखर धुरा ,मिनि खप्तड,आतितालको तालको मुहान,सबै पानिको मुहान यश क्षेत्र मै रहेक छन् ।
पर्यापर्यटन को सम्भावना के छ त यहाँ -यस सुन्दर भुमिमा पर्यापर्यटन को सम्भावना प्रचुर रहेको छ । यहाँ ऐतिहासक,पुरातत्त्विक,धार्मिक ग्रन्थ मा उल्लेख भएका भागेश्वर मन्दिर,घण्टेश्वर मन्दिर, असिग्राम मन्दिर गन्याप मन्दिर,मलास क्षेत्र रहेका छन ।
यहाको हरियालि वनमा पैदल यात्रा गरेमा जो कोहिको मनले शान्त्वना पाउछ । अहा, याहाको यो जडिबुटी सहितको हावा पानी खादा त अमृत सरि नै हुन्छ । यसरी यि क्षेत्र मा हामिले पर्यापर्यटन बढाउनु सक्छौ जसका लागि प्रचारप्रसार गर्नु सकेमा निकै पर्यापर्यटन को सम्भावना लाई बढाउनु सकिन्छ । तेलेको लेकको स्वच्छ हावा खादा जो कोहि पनि रमाउछ ।
यस क्षेत्रमा हाल भईरहेका समस्या-
पछिल्लो समयमा स्थानीय तहले विकासका नाम चलाईरहेको डोजर आतंक नै प्रमुख समस्या हो जुन ठाउमा आवश्यकता नै छैन त्यहा किन सड्क , पैसाको लोपलाचलमा हामी डडेल्धुरा जनताको सम्पत्ति मा स्थानिय तहले आग हाल्ने काम जस्तै गरि रहेका छन् । एउटै गन्तव्य छ तर सडक पाच ओटा छन् त्यहि ठाउका लागि । यस क्षेत्र मा विभिन्न जनवारहरु पाईने भएकाले कहिकतै सिकारिहरुले पनि चोरि गरिहेका हुन्छ यो पनि भविष्य का लागि अपराध गरिरहेका छन् ।
अनि वनबिनास सडक का साथ साथै वनविनास पनि भईरहेको छ सडक बनाउदा दैनिक सय भन्दा बढि रुख काटिन्छन् । जडिबुटी चोरि हुनु पनि यहाको समस्या रहेको छ ।
घुम् पर्ने गन्तव्यहरुको बमरेमा जानकारि –
भागेश्वर मन्दिर ( धुरा )डडेल्धुरा सदरमुकाम देखि भागेश्वर गाउपालिका सदरमुकाम सम्म सत्र किलोमिटर दुरि रहेको त्यहा बा ट करि चार घण्टाको पैदल यात्रा गरेर चुल्ल भएर या सिराड भएर पनि जान सकिन्छ । बाटोमा घना जंगल , पानिका मुहान ,पुरानो बाँस बस्ने धर्मशाला , हुँदै खड्के नौला भएर यो ऐतिहासिक शिव जिको मन्दिरमा रमणिय यात्रा सहित पुगिन्छ ।
हिन्दा त थाकेको महसुसै हुदैन हजुर १ एक चोटि गएर त हेर्नुस् फेरि फेरि जान मन लाग्छ । यहाँ साउन र मंसिरमा ठुलो मेला लाग्ने गर्छ । यहापुगेपछि त्याका शिवालिङ्ग अनि खडके नौला, अलि अनि माथि डाडाको सेल्फि हान्नु चाहिँ नभुल्नुहोला नि १ अति रमणिय ठाउँ रहेको छ यहाँ । यहाँ गएर बस्नुको चिन्ता लिनु पर्दैन खाना र कपडा भए पुग्छ अनि रमाउनुस यहाको प्रकृति संग । जय भागेश्वर बाबा १११
खप्तड जानू नपाउने साथिहरुले डडेल्धुरा को गन्यापधुरामा रहेको म खप्तड जस्तै देखिने मिनि खप्तड झै भएको ठाउमा जानू नछुटाउनु होला ।
सजिलै पैदल यात्रा गरेर पुग्न सकिने ‘लुकेको स्वर्ग’ अर्थात डडेल्धुरा–डोटीको सिमाना महाभारत लेकमा रहेको ताल हो । प्रशस्त सम्भावना बोकेर पनि ओझेलमा परेको तालको लेक चर्चामा आउन थालेको छ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालीका, आलिताल गाउँपालीकाको सिमाना हगुल्टेको लेक तथा डोटी जिल्लाको शिखर नगरपालीका र जोरायल गाउँपालीकाबाट सहजै तालको लेक पुग्न सकिन्छ।
तालको लेक पुग्न सबैभन्दा धेरै बाटाहरु तथा सहज बाटाहरु गन्यापधुरा गाउँपालीकाबाट भेटिन्छ यहाको मोटरबाटो छाडेर कम्तिमा दुई घण्टा देखि ५ घण्टाको पैदलयात्रा पश्चात पुग्न सकिन्छ।
समुन्द्री सतहबाट २६०० मिटर भन्दा माथिको उचाईमा रहेको र करिब ७५ प्रतिशत भन्दा धेरै वनजंगल रहेको तालको लेक क्षेत्रमा विभिन्न प्रजातीका बोट बिरुवा तथा बुटयानहरु तथा फुलहरु हेर्न सकिन्छ। यस तालको लेक क्षेत्रमा रहेका विभिन्न साना ठुला ६–७ वटा पाटन अर्थात घाँसेमैदानहरु रहेको छन्।
जुन वर्षैभरी हरिया घाँस एवं विभिन्न प्रजातीका फुलहरुले सजिईरको हुन्छ भने तीमध्ये गन्यापताल र लामीतालसम्म भ्रमण गर्नेको संख्या अरु पाटनमा भ्रमण गर्नेहरुको तुलनामा केहि बढी देखिन्छ।
धार्मिक रुपमा यस क्षेत्रको प्रशिद्ध धार्मिकस्थल गन्याप मन्दिरसंगै जोडिएको यो क्षेत्र भ्रमण गर्दा खप्तडको झल्को मेटाउन सकिन्छ भने २६०० मिटर हाराहारीको उचाईमा एक किलोमिटर भन्दा लामा हरियाली फाँटमाथि कार्पेट ओछयाईएका जस्ता सून्दर फुलहरुको दृश्यले अवश्य पनि मनलाई प्रफुल्ल एव शान्त तुल्याउँछ।
-संरक्षणका लागि के के प्रयास भएका छन् र आगामि योजना के छ त ?
डडेल्धुरा जिल्ला प्राकृतिक रुपले धनी जिल्ला हो यहाका मनमोहक वनजंगल, वन्यजन्तु मठमन्दिर,गुढि, धर्मशाला, लाई संरक्षण गर्नु का लागी डिभिजन वन कार्यालय डडेल्धुराले पहल चालेको छ ।
अब यसलाई थप प्रभावकारि बनाउनुका लागि जनस्तरबाट जाने उद्वेश्यले महाभारत संरक्षण अभियान समेत चालेको छ । यहाका ठाउँहरुलाई चिनाउनु र आय स्तर बढाउन का लागि प्रचारप्रसार युवा लक्षित गरेर अगाढि बढेको र युवा पुस्तालाई बढि फोकस गरेको छ ।
यहाँ महाभारत क्षेत्रमा रहेका यी सम्पदाहरुको प्रचार प्रसार गर्नु सकेमा डडेल्धुरा को आथिक र सामाजिक र भौतिक स्तर निश्चित माथि उकस्ने छ ।