२०८२ चैत्र १० मंगलवार
२०८२ चैत्र १० मंगलवार

स्वर्गको टुक्रा बडीमालिकाः यस्तो छ ईतिहास

बडीमालिका नेपालका प्रमुख मन्दिरहरूमध्ये एक मन्दिर हो । यो स्थान सुदुरपश्चिम प्रदेशको कैलाशमाण्डौ त्रिवेणी ६ पन्धारा बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रत्येक वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ । बडीमालिकामा २ वटा पुजारीले पूजा गर्छन् । यीमध्ये १ जना कालिकोटबाट आउँछन् भने अर्को १ जना बाजुराका पुजारी छन् ।
१४६०० फिट उचाईमा रहेको बडिमालिका मन्दिर यहाँको प्रमुख धार्मिक आस्थाको केन्द्र मानिन्छ । बडिमालिका धार्मिक मात्र नभएर पर्यटिकिय हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । नजिकै शुन्दर हिमाल ,हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका गहना हुन। बडिमालिकाको सौन्दर्य भनेकै विशाल फाटहरु हुन। अग्लो चुचुरोमा रहेको बडिमालिका माइको मन्दिर वरपर विभिन्न प्रकारका शुन्दर फुलहरुले र बाइसै पाटन हरियाफाटहरुमा चर्दै गरेका भेडा ,बाख्रा ,भैंसी आदि जनावरहरुले यहाँको शोभा बढाएका हुन्छन्।

त्यस्तै गोठालाहरु र यात्रीहरुको मुखबाट गुन्जिने सुरिलो ढेउडा भाका, ढाडी भाका, लोक भाकाले झने यस ठाउँको सौन्दर्यता बढाउछ। यति हुदाहुदै पनि यो ठाउँ पर्यटिकिय केन्द्रबिन्दु बन्न सकिरहेको छैन । यसले थप प्रचारप्रसारमा गरि नेपालको पर्यटिकिय स्थलको रुपमा चिनाउन जरुरी छबडिमालीका भगवतीको उत्पतिको बिषयमा धेरै रोचक प्रसङ्गहरु फेला परेका छन।
० पौराणिक कथा अनुसार ९पहिलो प्रसङ्ग ०

महादेवकि पत्नी सतिदेबिका पिता दक्ष प्रजापतिले यज्ञ गर्दा महादेव र सतिदेबिलाइ बोलाएनन।सतिदेबी दक्षप्रजापतिको यज्ञ स्थलमा गएर पिता सङग आफ्ना पति महादेवलाई नबोलाउनुको कारण सोधिन् ।दक्षप्रजापतिले महादेव भाङ,धतुरो सेवन गर्ने । मसानमा बास गर्ने , गलामा सर्पको माला लगाउने जटाधारी भेषमा रहने,शरीर भरी खरानी घस्ने,बाघको छालाको पहिरन लगाउने,हुनाले यो यज्ञमा बस्दा शोभायमान नहुनेभएकाले नबोलाएको उत्तर दिए।

आफ्ना पतिको यस्तो अपमान सहन नसकी सतिदेबिले यज्ञकुण्डको अग्निमा हाम फालेर प्राण त्याग गरिन। त्यसपछि महादेव रिसाएर बिरभर्दार्दि शिबगणलाइ पठाएर दक्षलाइ मारि दक्षको यज्ञ तहसभहस पार्न लगाए। त्यसपछी महादेव पत्नि बियोगमा पागल भएर सतिदेबिको मृत शरीर बोकेर पूरा विश्व घुम्न थाले। त्यसैबेला भगवान बिष्णुले आफ्नो चक्र ,सुदर्शन चक्र प्रहार गरि किरा उत्पन्न गरि सतिदेबिको मृत शरीर कुहाए। यसरी ठाउँ ठाउँमा सतिदेबिका अङ्गहरु पतन हुँदै गए।

जहाँ जहाँ सतिदेबिका अङ्गहरु पतन भएका थिए। त्यहा त्यहा एक (एक वटा शक्तिपिठहरु उत्पन्न हुँदै गए।यसैक्रममा मल्ल गिरि प्रबतमा सतिदेबिको बायाँ कुम पतन भयो। त्यसै मल्लगिरीलाइ अहिले मालिका भनिन थालियो।र यहाँ मल्लिका अथवा मालिका देबि शक्ति स्वरुपले रहन थालिन् ।तसर्थ यश स्थानमा बडिमालिका मन्दिर स्थापना गरेर पुजा गर्न थालियो।

० जनश्रूति अनुसार दोर्सो ०

बडिमालिका भगवतीको उत्पतिको सम्बन्धमा डोल्पा जिल्लाको कोटगढी गाउँको कोटगढिका अबस्थित त्रीपुरा सुन्दरी भगवती सङ्ग रहेको देखिन्छ। जस अनुसार वि.स.१४४१ सम्म कोटगढिको उच्छ टाकुरामा एउटा साधारण ढुङ्गाको ओखल थियो। गाउँ बाट केही टाडा भएपनी स्थानिय बासिन्दाहरु यसै ओखलमा धान कुट्न जाने गर्दथे। कारण जति धान त्यस ओखलमा कुट्यो त्यतैनै चामल आउन्थ्यो।अन्य ओखलमा धान कुट्दा आधा मात्र चामल आउन्थ्यो। यसले गर्दा यश ओखलको रहस्य पत्ता लगाउन गाउलेहरूको उत्सुकता जाग्यो,र ओखलको गृह पत्ता लगाउन कुमाइ बिष्ट नामक ब्याक्तीले ओखल खन्न थाले ।

किनकी यसको तल पट्टी अबश्य पनि कुनै रहस्य लुकेको हुनुपर्छ भन्ने गाउलेहरुको धारणा थियो।पहिलो दिन ओखलको पिध छिचोल्न सकेनन् र घर फर्की आए।भोलि पल्ट जादा पहिलो दिन खनेको ठाउँ जस्ताको त्यस्तै देखेपछी अब रातदिन खन्ने निधो गरि खन्दै गए। र एकदिन बिहान कलिलो सुर्यको किरणको साथसाथै ओखलको पिध छिचोली सक्दा सिंहासनमा बसेकी श्री भगवती त्रीपुरा सुन्दरीका ९ वटा मुर्ती र मुर्तिको शिरमा घृर्तपुर्ण घडा सहित दर्शन पाउने शुभ अबसर कुमाइ बिष्टले पाए।

यस्तो अतभुत दृश्य पछि कुमाइ बिष्टले घिउको घडा झिकी पर सारे। त्यो घडा सार्ने बित्तिकै घडा मुनि बसेकी ९ वटै भगवतीका मुर्ति अलग भइ नौ वटा पुतलीको रुप धारण गरि उडेर गए।उडेर जाने मध्य जेठी बहिनी बाजुरा जिल्लाको बडिमालिमा भगवतीको नामले प्रसिद्ध भहिन।अर्कि बहिनी जुम्लाको हाट सिंजा गाउँमा पुगेर कनिका सुन्दरी भगवतीको नामले प्रसिद्ध भइन।अर्कि बहिनी जाजरकोटको तल्लुमा पुगिन।अर्कि बहिनी अर्घाखाँचीमा र अर्कि बहिनी सल्यान पुगेर खैरवाङ भुबनेस्वरी भगवतीको नामले प्रसिद्ध भहिन।एउटि बहिनि नेपालगन्ज पुगेर बागेश्वरी भगवतीको नामले प्रसिद्ध भहिन।

बाकी तीन बहिनी बाला,त्रीपुरा ,र शुन्दरी चाहिँ उडेर जान लाग्दा कुमाइ बिष्टले समात्यो र उ ल्पउ बेहोस भएर लड्यो । र देबि चढि, हामी हामी नौ बहिनी भगवती हौं ।अरु बहिनीहरु त विभिन्न ठाउँमा गएर बसे ।हामी बाला,त्रीपुरा,शुन्दरी भगवती हौ।तिमी कुमाइ बिष्टले हाम्रो पुजा आजा गरि राम्रो तरह सङग सुरक्षीत गरि राख्नु भनी बोले।यसरी बाला त्रिपूरा र शुन्दरी डोल्पामा रहि एकै शक्ति भइ बाला त्रिपूरा सुन्दरी भगवतीका नामले प्रसिद्ध भए।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।