२०८२ चैत्र २१ शनिबार
२०८२ चैत्र २१ शनिबार

डडेलधुराको जीवित अमरगढी किल्ला यस्तो छ ईतिहास

डडेल्धुराः सुुदूरपश्चिमका ७ का सात पहाडी जिल्लाको केन्द्रबिन्दुमा रहेको डडेल्धुरा सदरमुकाम अगरगढी नगरपालिका– ५ खलंगामा रहेको ऐतिहासिक अमरगढी किल्ला रहेकोछ । पछिल्लो समयमा अमरगढी किल्लामा नयाँ संरचना बन्दै गरेपनि पुराना कला र सैलीका संरचनाहरु भने लोप हुने अवस्थामा रहेका छन् । समुद्री सतहबाट यस किल्लाको उचार्इ लगभग छ हजार ५०० फिट रहेको छ।
यस्तो छ किल्लाको ईतिहासः
बडाकाजी अमरसिंह थापाद्वारा निर्मित यस किल्लामा ठूलठूला ढुंगा प्रयोग गरिएकाले किल्ला निकै कलात्मक देखिन्छ। पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए। रणबहादुर शाहको शासनकालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सिमाना कुमाउ गढवालसम्म पुगेको थियो। एकीकरणको अभियानका बेला वि. सं.१८४७ भदौ ३१ गते सेती नदीको नारिदाङ भन्ने स्थानमा गोरखाली फौज र डोटेली फौजबीच घमासान युद्ध भयो। डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रथम प्रशासक नियुक्त भएका थिए। तिनै अमरसिंह थापाले आफू नियुक्त भएपछि यस क्षेत्रको संरक्षण तथा महाकालीपारि पश्चिम काँगडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निर्माण गर्न लगाएका थिए।
त्यसैले यो ‘अमरगढी किल्ला’को रूपमा परिचित छ। वि. सं.१८४७ मा निर्माण भएको यही किल्लालाई आधार बनाएर गोरखाली फौजले युद्ध लडेको थियो। काँगडा र कुमाउँको अलमोडामा नेपालको हार भएपश्चात यो क्षेत्रको सदरमुकाम दिपायल सिलगढी सरेको बताइन्छ। बडाकाजी अमरससिंह थापाद्वारा निर्मित यो किल्ला विशाल ढुंगाले कलात्मक तरिकाले बनाइएको छ। किल्लाभित्र युद्ध गर्नका लागि सैनिकहरूका लागि २२ वटा गुफाहरू बनाइएको देख्न सकिन्छ । त्यस्तै, युद्ध छल्न तथा सफलताका लागि शस्त्र निरोध गर्ने मार्ग निर्माण गरिएको छ। अहिले भएका किल्लाको माथिल्लो भागका ठूलाठूला रूखहरूका कारण किल्लाकै ऐतिहासिक गौरव अझै झल्किन्छ भने किल्लाको बीच भागका रहेको भैरवको मन्दिरले धार्मिक महत्त्व पनि झल्काउँछ।

Pratik Photography 🇳🇵 | Amargadhi Killa. . #lanscape ...Amargadhi Fort, Dadeldhrua Drone View. #amargadhi #fort #dadeldhura  #dronephotography #gpbhandariphotography

नेपाल एकीकरणका बेला बडाकाजी अमरसिंह थापाले डोटेली राज्यको डडेल्धुरालाई आधारक्षेत्र बनाई कुमाउँ गडवालसम्म युद्ध लड्नका लागि यसै अमरगढी किल्लालाई मुख्य आधार मानेर निर्माण गरिएको स्थानीय ६५ वर्षका उमा श्रेष्ठले बताइन्। समय बित्दै जाँदा पछि वि. सं. २०२० तिर यो किल्लामा गोरख दल बसेर हेरचाह गर्ने गरेको समेत उनले बताइन्।
नेपालका जीवित किल्लामध्येको पहिलो किल्ला अमरगढी किल्ला रहेको विज्ञहरूको भनाइ छ। नेपालको अमरगढी किल्ला र सिन्धुलीगढी किल्ला मात्रै हालसम्म अस्तित्वमा रहेको पुरातत्त्व विभागले जनाएको छ। डडेल्धुराको सदरमुकाममा रहेको ऐतिहासिक किल्लाभित्र तत्कालीन डोटेली फौजले अंग्रेजसँग लड्दा प्रयोग गरेका तोप, बन्दुक, घरेलु भालालगायतका ऐतिहासिक हतियार र सैनिक पोसाक नहुँदा किल्लाको महत्त्वसमेत घटेको छ।

Wonderful Dadeldhura Amargadhi Killa!! #Visitnepal2020 ...

युद्ध लड्दा प्रयोग भएका घरेलु हातहतियार, बन्दुकलगायत अन्य हतियार रहेको र त्यसबेला प्रत्येक वर्ष दशैँको फूलपातीको दिनमा किल्लामा रहेका राजा तथा रानी तोप लगेर टँुडिखेलमा पड्काउने गरेको स्थानीयको भनाई रहेकोछ ।

 

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।