२०८२ चैत्र २० शुक्रबार
२०८२ चैत्र २० शुक्रबार

महेन्द्र मा. वि.खलंगाको अङ्ग्रेजी विषयमा उत्कृष्ट नतिजा

डडेल्धुराः हिजो प्रकासित भएको एस.ई.इ नतिजामा महेन्द्र मा.वि. खलंगा डडेल्धुराले अङ्ग्रेजी विषयमा उत्कृष्ट नतिजा ल्याएकोछ । समग्र देशभरिको अङ्ग्रेजीको नतिजामा दोस्रो सबैभन्दा बढी नन ग्रेड आउने बिषयको रुपमा देखिएता पनि डडेलधुरा खलंगा स्थित महेन्द्र मा वि बाट जिल्लामै सबै भन्दा बढी विद्यार्थीहरुले सैद्धान्तिक तर्फ अङ्ग्रेजी विषयमा ४ जिपिए प्राप्त गरेका विद्यालयका शिक्षक ठाकुर भाटले बताएका छन् । । उक्त विद्यालयबाट ११ जना विध्यार्थीहरुले अङ्ग्रेजी विषयमा ए प्लस नतिजा
प्राप्त गरेको विध्यालय श्रोतले जनाएकोछ । त्यसै गरि सोही बिषयमा २२ जना विद्यार्थीहरुले सैद्धान्तिक तर्फमात्र ए ग्रेड सहित उत्तीर्ण भएका छ्न।
जम्म १५१ जना विध्यार्थी परीक्षामा सहभागी भएकोमा १४३ जना उत्कृष्ट जिपिए सहित पास भएको अङ्ग्रेजी बिषय शिक्षक ठाकुर भाटले बताउनुभयो। यस बर्षको एस.इइ को नतिजामा यस विद्यालयबाट जम्मा ५७ जना समग्रमा उत्तीर्ण भएका छ्न। ३.६१ देखि ४ जि पि ए सम्म ५ जना, ३.२१ देखि ३.६० सम्म १२ जना, २.८१ देखि ३.२० सम्म १२ जना र अन्य ग्रेडमा २८ जना उत्तीर्ण भएको बिध्यालयका सूचना अधिकारी धर्मराज पन्तले जानकारी दिनु भयो । अङ्ग्रेजी विषयलाई विद्यार्थीहरुले असहज बिषयको रुपमा लिने पाईन्छ तर यस नतिजालाई हेर्दा विद्यार्थीहरुलाई यो बिषय अरु बिषय जस्तै रहेछ भन्ने सन्देश दिन खोजेकोछ ।
विदार्थीहरुको मनोभावना अनूरुप पढाउदा उनीहरु लाई सहज हुने बिषय शिषक भाटको भनाई रहेकोछ । पहिला विद्यार्थीहरुले असज मान्ने गरेको र निरन्तरको प्रयासले यो बिषय सहज रुपमा रिणयत भएको उनेको बुझाई रहेकोछ । यसका सा।थै उनले बिषयगत सुधारका लागि विद्यालयमा अतिरिक्त कक्षा समेत संञ्चालन गरेको उनको भनाई रहेकोछ । यस बर्ष महेन्द्र मावि.मा १५ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।