कञ्चनपुर- बेलडाँडी गाउँपालिकाले वडा नम्बर २ लाई एक हप्तासम्म शील गर्ने निर्णय गरेको छ ।



समुदाय स्तरमै कोभिड १९ को संक्रमण फैलिएको आशंकामा भदौ १२ गते शुक्रबार बिहानै देखि भदौ १८ गते सम्मका लागि पूरै वडा शील गर्ने निर्णय भएको बेलडाँडी गाउँपालिकाका प्रवक्ता अमर बहादुर खत्रीले जानकारी दिनुभएको छ ।
बेलडाँडी गाउँपालिका वडा नम्बर २ मा बस्ने बृद्धावस्थाका श्रीमान श्रीमतीलाई नै कोभिड १९ को संक्रमण देखिएपछि तत्काल वडा शील गरी थप चेकजाँचलाई तीब्रता दिइने प्रवक्ता खत्रीको भनाइ छ । यसैबीच, बेलडाँडी गाउँपालिकाले अत्यावश्यकीय कामकाज बाहेक घरबाहिर ननिस्कन सर्वसाधारण नागरिकलाई सार्वजनिक आह्वान गरेको छ ।
काम विशेषले घरबाहिर निस्कनु परेमा सरकारले तोकेको न्यूनतम् स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन समेत आग्रह गरिएको छ । त्यस्तै, शुक्रबारदेखि बेलडाँडी बजार र चवन्नी बजार बिहान १० बजेसम्म मात्रै खोल्न व्यापारीहरूलाई आग्रह गरिएको प्रवक्ता खत्रीले बताउनुभयो ।नेपाल बोध बाट साभार

























