कञ्चनपुरः नेपाल हेब्बी ईक्वुपमेन्ट अपरेटर सँघ कञ्चनपुर गठन भएको छ । शनिबार हेब्बी ईक्वुपमेन्ट अपरेटरहरुको हकहितका लागि नेपाल हेब्बी ईक्वुपमेन्ट अपरेटर सँघ कञ्चनपुर गठन गरिएको हो ।



शनिबार गठन गरिएको कार्य समितिमा अध्यक्ष राधेश्याम भट्ट चयन हुनुभएको छ भने उपाध्यक्ष वसन्त सिँह बिष्ट, सचीव गणेश बिष्ट, सहसचीव रघुबिर सिँह डाँगा, कोषाअध्यक्ष घनश्याम साउँद चयन हुनुभएको छ यस्तै सदस्यमा बिनोद बिष्ट र जितेन्द्र पनेरु चयन हुनुभएको छ ।
संघका अध्यक्ष राधेश्याम भट्टले अपरेटरहरुको एकता र हकहितका लागि अपरेटर सँघ कञ्चनपुर गठन गरिएको बताउँदै सँघमा आबद्ध भएका कुनै अपरेटर तथा सह अपरेटर सदस्यहरुको कुनै दुर्घटनामा परी क्षति भएमा समितिले सक्दो राहात दिने बताउनु भएको छ ।
आफ्नो कार्य हकहितका लागि हेब्बी ईक्वुपमेन्ट अपरेटरहरु एकजुट बनौँ भन्ने हेतुले नेपाल हेब्बी ईक्वुपमेन्ट अपरेटर सँघ कञ्चनपुर दर्ता गरी सँगठन विस्तार गरिएको सँघका सचीव गणेश बिष्टले बताउनु भएको छ । सचीव बिष्टले सँघमा आबद्ध हुने सम्पुर्ण सदस्यहरुको हकहितका लागि सँघले नै आवश्यक पहल गर्ने बताउनु भएको छ । सघमा जोडीन चाहनुहुने सम्पुर्ण अपरेटर तथा सह अपरेटरहरुलाई सदस्यता लिन पनि अपरेटर सँघले आग्रह गरेको छ ।

























