२०८२ चैत्र १० मंगलवार
२०८२ चैत्र १० मंगलवार

महिनावारीको समयमा ध्यान दिनुपर्ने विशेष कुराहरू

महिनावारी भनेको महिलाको शरीरमा हरेक महिनाको एकचोटी रक्तस्राव हुने प्रक्रिया हो । यस्तो रगत २ देखि ७ दिनसम्म बग्छ र आफैँ बन्द हुन्छ । यो हुनु भन्नाले एउटा केटी बच्चा महिलामा रूपान्तरण भई एउटा आमा बन्न शरीरमा परिवर्तन हुनु हो । महिनावारी चक्र व्यक्तिअनुसार २१ देखि ३५ दिनको हुने गर्छ ।

महिनावारी प्राकृतिक र स्वाभाविक प्रक्रिया हो । यसको बारेमा सही जानकारी नहुँदा पहिलो पटक महिनावारी हुँदा  धेरै किशोरीहरू आत्तिने गर्छन् । त्यसैले  अभिभावकहरूले महिनावारीबारे आफ्नो छोरीलाई जानकारी दिनुपर्छ । महिनावारी सुरु भएपछि योनीबाट एक प्रकारको सेतो पानी बग्न सक्छ । यो सामान्य हो तर सेतो पानी गन्हाउने, योनी वरिपरि चिलाउने वा पोल्ने भयो भने यसको उपचार गर्नुपर्छ । 

महिनावारी भएको बेला शरीर कमजोर महसुस हुने भएकाले शरीरलाई बलियो बनाउन पौष्टिक खानपानमा विशेष ध्यान दिने । त्यस्तै महिनावारी हुँदा व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ ।

सरसफाइमा ध्यान दिइएन भने विभिन्न समस्या देखिन्छन् गन्हाउने सेतो पानी बग्ने, योनी चिलाउने, पिसाब पोल्ने तथा सङ्क्रमण हुने, तथा यौनांगमा घाउ भई हिँड्न गाह्रो समेत हुनसक्छ त्यसैले महिनावारी हुँदा अभिभावकले समेत विशेष ध्यान दिनुपर्ने र सिकाउनु पर्ने हुन्छ ।

धेरैजसो महिलाहरूमा महिनावारीको समयमा पेट दुख्ने, स्तन दुख्ने, ढाड दुख्ने, हात खुट्टा करकर खाने, कसैलाई बेचैन, तनाव हुने, टाउको दुख्ने पनि हुन्छ । यो समस्या सामान्य हो । तर अधिक दुखाइ भएको खण्डमा महिनावारि मात्र नभएर अरू रोग पनि हुन सक्छन् । 

महिनावारिको समयमा ध्यान दिनुपर्ने कुराहरू

–नियमित रूपमा नुहाउने, लगाएको कपडा फेर्ने र बेलाबेलामा साबुन पानीले हात धुने 

–स्यानेटेरी प्याड वा सफा नरम सुतीको कपडाको प्रयोग गर्ने 

–हरेक २– ४ घण्टामा प्याड फेर्ने 

–कम्तीमा ३० मिनेटको सामान्य शारीरिक व्यायाम गर्ने 

–प्रयोग गरेको कपडाको राम्रो सँग धोएर घाममा सुकाउने अनि मात्र प्रयोग गर्ने 

–प्रयोग गरेको प्याड जथाभाबी नराख्ने, कागजमा बेरेर मात्र फयाक्ने 

–पौष्टिक खाना, सागसब्जी, तरकारी, फलफूल दूध, दही, गेडागुडी, प्रशस्त मात्रामा खाने 

–व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने । आफ्नो वरपर र आफूले प्रयोग गर्ने वस्तु पनि सफा राख्ने 

–पेट वा ढाड दुखेमा तातो पानी राखेको रबरको थैला वा बोतलमा पानी राखेर सेक्ने  

–महिनावारी रोकने औषधिको धेरै प्रयोग नगर्ने ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।