बैतडीः कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया चन्तरा महराले ध्यान दिएर पढ्छिन्।



बैतडीको पाटन नगरपालिका–८ घर भएकी ६१ वर्षीया चन्तरा महरा जनता मावि आरुबाटामा पढ्दै छिन् । गत वैशाखमै एक कक्षामा भर्ना भएकी उनी अरू बालबालिका झै नियमित विद्यालयमा आएर पढ्न थालेकी छिन् ।
नाती नातिनालाई विद्यालय पुर्याउन जाने समयमा शिक्षकहरुले पढ्न सुझाव दिएपछि आफूपनि भर्ना भएका उनी बताउँछिन्। आफुलाई पढ्न लेखन आएपछि आफ्ना नाती नातिनालाई छरबाटै ल्याउने थिए भन्दै उनि सामानय नेपाली लेखनमा रुचि राख्छिन् । उनि भीनछन्, ‘ पढ्ने उमेरमा पढ्न सकिएन अहिले आएर केही सिकु लेख्न पढ्न त सिकेपछि भन्ने लागेर स्कुल आए’ उनले थपिन, ‘छोराछोरीले पढाएर ठूलो बनाइयो उनिहरु आफ्नो बाटो लागे,आफुलाई भने केही आएन, जहाँका त्यहीँ रयौँ।’
नातिनातिना उमेरका सहपाठीसँग पढ्दा रमाइलो हुने गरेको उल्लेख गर्दै उनले थपिन्, “बिहान खाना खाएर विद्यालय आएपछि कक्षामा पढ्दा समय बितेको थाहा हुँदैन, बालबच्चासँग रमाइलो गरी पढ्ने गरेकी छु।”

उनका लागि विद्यालयबाट पुस्तक, कापी, कलमलगायतका आवश्यक सामाग्री उपलब्ध गराइएको छ। पढाइलाई अझै अगाढी बढाउने धोको उनमा छ।
गत वैशाखमा मात्रै भर्ना भएकी उनले अक्षर चिनारीसँगै नाम लेख्न र सरल शब्दहरु पढ्न थालिसकेको विद्यालयकी शिक्षिका बताउछन् । चन्तरा चाहाना अनुसार पढाईमा विद्यालयले सहयोग गर्ने विद्यालयका प्रधानाध्यापक राम कुवँरले बताए ।

























