लेनिन ले भनेका छ्न बिजयी सामाजिक क्रान्तिका लागि कम भन्दा कम दुई ओटा अवस्था हुनु आवस्यक छ । उच्च बिकसित उत्पादक शक्तिहरु र त्यसका लागि प्रयाप्त रुप ले तयार सर्बहारा तर ,सन १८७१ मा उक्त दुबै अवस्था को अभाव थियो ।
त्यस समय मा फ्रान्स को पुजिबाद कम बिकसित थियो र फ्रान्स निम्न पुजिबादि मुलुक थियो । कालिगढ किसान ,पसले आदि सर्बहारा राजनैतिक संगठन को अभाव ।
त्यहा कुनै मजदुर पार्टी थिएन ,मजदुर हरु वर्गसंघर्षको लामो पाठसाला बाट गुज्रिसकेका थिएनन् र तयारी अवस्था मा थिएनन उस्ले आफ्नो अभिभारा पूरा गर्न बारे सोचेको पनि थिएन ।
त्यहा सर्बहारा बर्ग को कुनै राज्नैतिक संगठन पनि थिएन साथै त्यहा संगठित रुप मा बलिया मजदुर सघ तथा सहकारी हरु पनि थिएनन् ।उक्त प्रतीकुलताको साथै पेरिस सत्रु सेना प्रसिया को सेना द्वारा घेरियेको थियो त्यस कारण पेरिस कम्युन को पराजय भयो ।
तर, त्यो ७२ दिन बिश्व श्रमिक वर्गसंघर्षमा एउटा कोसेढुङा साबित भयो । त्यस्ले आफ्ना कमिकमजोरी र पराजयको बाब्जुत एउटा महत्वोपुर्ण शिक्षा प्रदान गरेको छ ।पेरिस कम्युन ले पुजिवाद लाई पहिलो लात हिर्काएको थियो र येस्को पतन को सुनिश्चितता लाई देखायेको थियो ।
त्यस अनुभव बाट मार्क्स ले के सिधाान्त प्रतिपाद्न गरे भने जनता ले पुजिपती बर्ग को अधिनायकत्व भयेको राज्य यन्त्र लाई ध्वस्त गरेर सर्बहारा बर्ग को अधिनायकत्व भयेको राज्ययेन्त्र कायम गर्न सकेमात्र श्रमजिवि बर्ग र समाजिक उन्नती प्रगती सम्भब हुनेछ वास्तवमा पेरिस कम्युन आफैमा जनताबाट खोजगरियेको सर्बहारा अधिनायकवात्व को राज्य थियो ।
पेरिस कम्युनले संकीर्ण रास्टृय उदस्यका लागि नभयेर समस्त विशेष गरि श्रमिक मानव जातीको सारा दलित र उत्पीडित जनता को मुक्ती का लागि लडिरहेको थियो त्यसैले कम्युन को लक्ष्य भनेको समाजबादी क्रान्ती को लक्ष थियो ।
श्रमिक बर्ग को आर्थिक समाजिक राजनैतिक मुक्तिको लक्ष थियो ।पेरिस कम्युन समस्त बिश्वका सर्बहारा बर्ग को मुक्ती को लक्ष्य हो त्यसैले यो अमर छ ।
लेखक:- अखिल क्रान्तिकारी केन्द्रिय सदस्य टेकेन्द्र साउद