२०८२ चैत्र २७ शुक्रबार
२०८२ चैत्र २७ शुक्रबार

सृजनशील समैजी युवा क्लबको आयोजना ४५ हजार रासिको खुल्ला भलिबल प्रतियोगिता हुने

डडेल्धुराः डडेल्धुरामा खुल्ला भलिवल प्रतियोगिता हुने भएकोछ । डडेल्धुराको सृजनशील समैजी युवा क्लबको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।

सुदूरपश्चिमको महान पर्व ओल्के पर्वको अवसरमा भलिबल प्रतियोगिता यहि साउन ३१ गते देखि सुरु हुने सृजनशील समैजी युवा क्लबका अध्यक्ष पवन बिष्टले बताए।

स्थानीय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान गर्ने उदेश्यका साथ भलिबलको आयोजना गरिएको उनको भनाइ छ। खेल अशिग्राम प्रावि हरडी सुनेडा डडेल्धुराको खेल मैदानमा सञ्चालन हुनेछन्।

टिम दर्ता यहि साउन ३१ गतेसम्म गर्नु पर्ने छ भने टिम दर्ता शुल्क चार हजार लाग्ने छ। प्रतियोगिताको विजेता टिमले नगद ४५ हजार नगदसहित प्रमाणपत्र हात पार्नेछ।

त्यस्तै उप–विजेता टिमले नगद ३० हजार नगदसहित प्रमाणपत्र र तृतीय हुने टिमले नगद १५ हजारसहित प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ।

भलिबल हुने सम्बन्धि क्लवले जारि गरेको सुचना :

भलिबल हुने सम्बन्धि क्लवले जारि गरेको सुचना ।
भलिबल हुने सम्बन्धि क्लवले जारि गरेको सुचना ।

 

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।