२०८२ चैत्र २१ शनिबार
२०८२ चैत्र २१ शनिबार

चुरेमा तेस्रो पालिका स्तरिय अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न

नरेशनाथ योगी ः अत्तरिया कैलालीको चुरेमा तेस्रो पालिका स्तरिय अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । चुरे गाउँपालिकाको आयोजनामा चुरे गाउँपालिका १ घरखेडा कैलालीमा फागुन २५ गते देखि सुरु भएको उक्त प्रतियोगिता २७ गते शनिबार सम्पन्न भएको हो ।

उक्त समापन प्रतियोगीताको कार्यक्रम संयोजक मदन राज जोशीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटी रहेका थिए । त्यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष धना थापा, चुरे गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत विविराज सोती रहेका थिए ।

प्रतियोगितामा पुरुष तर्फ चुरे १ प्रथम, चुरे १ बि टिम द्वितीय र चुरे ६ ए टिम तेस्रो भएका थिए । उक्त भलिबल प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार नगद पुरुस्कार मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै महिला तर्फ चुरे २ खैराला प्रथम, चुरे १ पलडी टिम द्वितीय र चुरे ४ गर्बा टिम तेस्रो भएका थिए । उक्त भलिबल प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार नगद पुरुस्कार मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त पालिका स्तरिय तेस्रो अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगीतामा चुरे गाउँपालिकाका १ देखि ६ नं. सम्मका वडा भित्रका पुरुष १३ महिला ७ टिम गरी २० टिमको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सुरज परियारले गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।