२०८३ जेष्ठ ७ बिहीबार
२०८३ जेष्ठ ७ बिहीबार

बैतडीको सतबाँझ बजारमा सिसी क्यामेरा जडान हुने

बैतडीः बैतडीको सतबाँझ बजारम सिसीटिभी क्यामेरा जडान हुने भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ मा रहेको सतबाँझ बजारमा यो आर्थिक वर्ष भित्रै सिसीटिभी क्यामेरा जडान हुने भएको हो ।

पालिकाको मुख्य बजार सतबाँझमा आर्थिक वर्ष २०७९÷८० मै सिसीटिभी क्यामेरा जडान गरिने गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले जानकारी दिए । सिसीटिभी क्यामेरा जडानका लागि सबै संग सल्लाह लिएर योजना बनाइ सकेको उनले बताए ।

मुख्य व्यापारीक केन्द्रका रुपमा विकास हुँदै गएको सतबाँझ बजारमा सिसीटिभी क्यामेरा आवश्यक देखिएपछि जडानको तयारी भइरहेको उनले बताए । बजार क्षेत्रमा हुने अपराधिक कृयाकलाप नियन्त्रणका लागि ससीटिभी क्यामेरा जडानको अवधारणा अघि सारिएको अध्यक्ष कुँवरले बताए ।

दशरथचन्द र महाकाली राज मार्गको बिच भागमा रहेको सतबाँझ बजार पछिल्लो समय व्यापारिक केन्द्रका रुपमा विकास हुँदै गएको छ । सुर्नया गाउँपालिकाको मुख्य बजार सतबाँझमा अहिले बैँङकिङ कारोबार समेत हुन्छ । नोपल इन्भेष्टमेन्ट बैँकले यो ठाउँमा बैँकिङ सेवा प्रदान गरिरहेको हो । यस्तै सतबाँझ बजारमा बासवसाइको व्यवस्था सहितका होटेल सञ्चालनमा छन् भने दैनिक उपभोग्यका सामान, लत्ताकपडा,निर्माण सामग्री समेत यहाँ पाइन्छन् ।

झुलाघाट लगायतका बजारमा गएर सामान ल्याउने यहाँका नागरिकहरु अहिले सतबाँझ बजारमा सामान खरिद विक्री गर्ने गरेका छन् । सतबाँझ बजारमा सिसीटिभी क्यामेरा जडान गर्ने पालिकाको योजना राम्रो रहेको स्थानीय भरतमोहन भट्टको भनाई छ । बजार क्षेत्रमा लाग्ने सिसीटिभी क्यामेराले अपराधिक कृयाकलपा नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।