२०८२ चैत्र २१ शनिबार
२०८२ चैत्र २१ शनिबार

कविता ः सरस्वती माता

जय माता ज्ञानकि सरस्वती देवी हौं
तिमी विद्या बुद्धिकि ज्ञानकि नै खानी हौं
तिमी माया ममता ज्ञान् बुद्धिकि धनी हौ
चन्द्रमामा पुग्ने नै तिमी वायु यान हौं ।

अन्धकार हटौने तिमी ज्योति प्रकाश् हौ
तिमी विद्या बुद्धिकि सधैं नै हौं किरण
तिमी कला संगीत ज्ञान योग वेद हौं
अपार छ दया र माया खानी करुणा।

बुद्धको नै हौं तिमी ज्ञान् बुद्धि र विवेक
अन्धकार हटौने तिमी नै हौ किरण
हातमा नै पुस्तक विणा आदि धारीणी
मयुरमा सवार देवी तिमी अपार।

माघ शुक्ल पक्षको बसन्त नै पञ्चमी
विश्वास छ सबैमा मनाउछौ है माता
गर्छौ श्रद्धा पुर्वक फल भेटी चढाइ
पुजा तिम्रो गर्द छौँ मानी हर्ष बढाइ।

श्रीपञ्चमी साइत कामको नै थालनी
राम्रो दिन मानिन्छ साइत नै पो हाल्नि
कामको नै हरेक गन्तव्यकै पाइला
सार्दै मिल्छ अगाडि नरलाई फाइदा।

फलफूल बयर धुप भेटी चढाइ
प्रार्थना नै गर्छौ है गरि हर्ष बढाइ
ज्ञान देउ हे माता राम्रो होस् पढाइ
हामी साना बालक विद्या देउ मिलाइ।

लेखक ः राज कुमार कार्की
मेचिनगर नगरपालिका १५,झापा

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।