२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

डडेल्धुरामा उद्योग दर्ता क्रम बढ्दै

सहुलियत लोपमा महिलाका नाममा उद्योग दर्ता बढी

डडेल्धुरा ः पछिल्लो सामयडडेल्धुरामा उद्योग दर्ता क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको तथ्याङ्क अनुसार जिल्लामा उद्योग दर्ता क्रम बढ्दै गएको हो । उद्योग दर्तामा कृषि, पशुपालनका तर्फका फर्महरु बढि रहेको तथ्याङ्कले बताउछ ।

आर्थिक बर्ष २०७६÷७७ मा जिल्ला भरमा पाँच सय १० उद्योग दर्ता भएका छन । जसमा एक सय ३६ जनाले तालिम लिएका छन । ३२ जनालाई प्रविधि सहयोग गरिएको छ भने तिन सय ५६ वाणिज्य फर्म दर्ता भएका कार्यालयका प्रमुख केशव सिंह भण्डारीले बताएका छन ।

कार्यालय प्रमुख भण्डारीका अनुसार ०७७÷७८ मा नौ सय ६२ उद्योग दर्ता भएका छन । ति मध्ये तिन सय २६ जनाले तालिम लिएका छन । एक सय तिन जनालाई प्रविधि सहयोग गरिएको छ भने वाणिज्यतर्फ तिन सय १३ फर्म दर्ता भएका छन ।

यस्तै आर्थिक बर्ष ०७८÷७९ मा सात सय तिन उद्योग दर्ता भएका छन । जसमा दुई सय ५५ जनाले तालिम लिएका छन भने ४८ जनालाई प्रविधि सहयोग गरिएको छ । दुई सय २१ फर्म भने वाणिज्यतर्फ दर्ता भएका छन ।

जिल्लामा चालू आर्थिक बर्षको पाँच महिना मंसिरसम्म भने दुई सय ३७ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको तथ्याङ्कले देखाउछ ।
जसमा ७१ जनाले तालिम लिएका छन भने वाणिज्यतर्फ ९७ फर्म दर्ता भएका छन ।

जिल्लामा उद्योग दर्ता गर्नेमा पुरुष भन्दा महिलाहरु बढी रहेका कार्यालय प्रमुख भण्डारीले बताए । महिलाका नाममा उद्योग दर्ता भए ५० प्रतिशत राजश्व छुट हुने, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले सहुलियतमा कर्जा दिने भएकाले पनि महिलाका नाममा अहिले उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको उनको भनाई छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।