समानुपातिकमा एमाले र काँग्रेसले कटायो ९ लाख मत

सेयर गर्नुहोस्

काठमाडौँ,९ मंसिर ।  समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ। पछिल्लो मत परिणाम अनुसार एमाले ९ लाख मत कटाएको छ ।

एमालेले ९ लाख ४४ हजार ६७३ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले पनि ९ लाख खटाएको छ ।

उसले ९ लाख ३ हजार ३६५  मत प्राप्त गरेको छ ।  तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ६१ हजार १३० मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ४ लाख १९ हजार ३१३ मत रहेको छ।राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको २ लाख ४४ हजार ७८० मत पाएको छ ।

(Visited 35 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *