२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

खुर्सानीले रंगिएको रंग गाउँ

सुर्खेत ः टाढाबाट झट्ट हेर्दा रातो रंगका जस्तापाताका छतहरूले रंगिएको जस्तो देखिने यो गाउँ डोल्पाको रंग हो । रंगिएका घरका छत जस्तो देखिने यी घरका छत जस्तापाताले नभई पाकेका खुर्सानीले रंगिएका हुन ।
त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने रंगगाँउ जिल्लाको सबै भन्दा बढी खुर्सानी उत्पादन हुने गाउँमा पर्छ । यत्तिखेर रंग गाउँका २४२ घरधुरीका छत खुर्सानीले रंगिएका छन् ।घरका छतलाई सोलार ड्रायलको रूपमा प्रयोग गर्दै खुर्सानी सुकाएपछि गाउँ नै रातो जस्तापाताले रंगिएको जस्तो देखिने गरेको हो ।
रंगगाउँका केशर बुढाले रंग गाउँमा कति मात्रामा खुर्सानीको उत्पादन हुन्छ भन्ने एकिन तथ्याङ्कन नभए पनि प्रति घरधुरीले सरदर वार्षिक १५ देखि ३० क्वीन्टलसम्म खुर्सानी उत्पादन गर्ने गरेको बताए ।
रंगगाउँमा उत्पादन भएको खुर्सानी विशेष गरी उपल्लो डोल्पाका शे–फोक्सुडो,डोल्पोबुद्द छार्काताङसोङ्ग र काइके गाउँपालिका गरी ४ गाउँपालिकाका बासिन्दाले खरिद गर्ने गर्छन् ।
सामान्य खुर्सानीको खेती गर्ने घरधुरीले वार्षिक १ लाख सम्म कमाउने गरेको केशर बुढाले जानकारी दिए । धेरै खेती गर्नेले खुर्सानीबाटै वार्षिक दुई लाखसम्म कमाउने गरेको बताए । कतिपयको जीविकोपार्जन खुर्सानीकै आम्दानीबाट चल्ने गरेको उनको भनाई छ। प्रति क्न्टिल सात हजार ४०० सम्मा पर्ने वडा सदस्य हरिवान बुढाले बताए ।
अर्का खड्कलाल बुढाले नयाँ प्रविधिको खुर्सानी सुकाउने उपकरण नभएकाले पुरानै शैलीमा घरको छतमा खुर्सानी सुकाउँदा कहिले वर्षात हुँदा कुहिने त कहिले सितले कुहिने गर्दा गुणस्तरमा ह्रास आउने गरेको बताए ।
त्रिपुरासुन्दरी नगरपालिका रंग गाउँमा सबैभन्दा बढी खुर्सानी उत्पादन हुने गरे पनि कृषि विकास कार्यालयसँग कुनै तथ्याङ्क छैन । यसो त जिल्लामा अहिले सम्म खुर्सानीको माग पूर्ति रंग गाउँले नै गर्दै आइरहेकाले जिल्ला बाहिरको खुर्सानी आयत गर्नु नपरेको त्रिपुरासुन्दरी नगरपालिका(४ का वडा सदस्य हरिवान बुढाले बताए । रंग गाउँ खुर्सानीको मात्र नभई स्याउ र बहुमूल्य जडिबुटी केशर खेतीको लागि पनि उर्भर भूमि मानिन्छ ।
खुर्सानी खेतीलाई आर्थिकोपार्जनको प्रमुख आधार बनाई रंगेली किसानको जीवनस्तर माथि उठाउन स्थानीय सरकारले आधुनिक प्रविधिमैत्री उपकरणको व्यवस्था गर्नु जरुरी छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।