२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

आगामी मंसिर २२ गतेदेखि धनगढीमा महोत्सव लाग्ने

कैलाली । विगत २०६३ सालदेखि लाग्दै आएको ‘सुदूरपश्चिम महोत्सव’ यो बर्ष पनि लाग्ने भएको छ । आगामी मंसिर २२ गतेबाट पुस २ गतेसम्म धनगढीमा महोत्सव लाग्ने भएको हो ।

कैलाली उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपती टोलमा मंसिर २२ गतेबाट महोत्सव लाग्ने जानकारी दिएको हो ।
सुदूरपश्चिमको व्यापार, व्यवसाय तथा‌ कला संस्कृतिलाई संरक्षण गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

उनले महोत्सवलाई सुदूरपश्चिमको औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेलाको रूपमा मनाइने बताए ।

महोत्सव आयोजना गर्न अनुमानित २ करोड लगानी‌ लाग्ने र महोत्सवमा सहभागी व्यवसायीले १० करोड बढीको व्यापार गर्ने अनुमान गरिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।