२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

बाजुरामा युवतीले घाँस काट्न गएका बेला बलात्कार गरेको झुटो आरोप

धनगढी। बाजुरामा युवतीले घाँस काट्न गएका बेला बलात्कार गरेको भन्दै झुटो आरोप लगाएको पाइएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ की एक ३० वर्षीय महिलाले आफूमाथि बलात्कार भएको आरोप लगाएर उजुरी दिएकी थिइन्।
उनले सोही ठाउँका ४२ वर्षीय कर रावलविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी दिएकी थिइन्। त्यसपछि रावल पक्राउ समेत परेका थिए। तर, युवतीले लगाएको आरोप झुटो रहेको खुलेको बाजुरा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार युवतीका आफन्तले उनको मानसिक स्वास्थ्य सहि नभएको र झुटो आरोप लगाउदै हिँड्ने गरेको भन्दै युवतीलाई घर लगेका छन्। आफन्तले युवतीको स्वास्थ्यबारे बताएपछि उनले लगाएको आरोप झुटो भएको थाहा भएको हो। त्यसपछि अहिले प्रहरीले पक्राउ गरेका कर रावललाई छोडिएको जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।