२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

डडेलधुरामा पहिलो चरणको दर्शनको लागि आएको थिए सागर ढकाल अर्को

अर्को चोटी सबैका घरमा पाइला टेक्ने र चिया नै खाने गरि आउने भन्दै डडेल्धुराबाट फर्किए सागर ढकाल
धनगढीः
प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेल्धुरा बाट चुनाव लड्ने घोषणा गरेका सागर ढकाल केहिदिन चुनावी भेटघाटपछी डडेल्धुराबाट काठमाडौ फर्किएका छन् । एक हप्ताको बसाईपछि सागर सोमबार डडेल्धुराबाट फर्किएका हुन् ।

डडेल्धुरावासीले पहिलो पटक आउदा सोचेभन्दा राम्रो गरि स्वागत गरेको र स्थानीय जस्तै आफुलाई सम्झिएको बताएका छन् । छोटोसमयमा पुरै गाउँ पुग्न नसकिएपनी प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ रुवाखोला, अमरगढी नगरपालिकाका आसपासका क्षेत्र, परशुराम नगरपालिका र आलितालका केही क्षेत्रका जनतालाई भेटर आज महेन्द्रनगर फर्किन लागेको ढकालले बताए । पहिलो चरणमा धेरै ठाउँ जान नसकिएपनी अर्को चोटि घरघरमा पुगेर भेटघाट गर्ने बताएका छन् ।
डडेल्धुरा फर्किदा सामाजिक संजालमा सागर ढकालले लेखेका छन् ।
“डडेलधुरामा सोचेको भन्दा निकै नै राम्रो स्वागत पायौ , डडेलधुराको पहिलो चरणको दर्शनको लागि आएका थियौ तर स्थानिय जस्तै बनाएर छोड्नुभएको छ। धेरै धेरै धन्यवाद आभारि छौ। सामान्य स्वास्थ्य समस्याका कारण सोचेजति समय बिताउन पाएनौ , सबैलाइ भेट्न नसकेकोमा क्षमा प्रार्थी छौ। अहिले पहिलो पाइला भयो , केहि समयमा सबै घरहरूमा पाइला टेक्ने र चिया नै खाने गरि आउनेछौ। यो त केवल सुरुवात मात्र हो। जय उग्रतारा , जय परशराम ,🙏”
५ वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका गुल्मीका सागर ढकाल पेशाले इन्जिनियर हुन्। उनले बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएको छन्। संघीय चुनावमा डडेल्धुराबाट लड्ने भन्दै डडेल्धुरामा चुनावको तयारीमा होमिएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।