२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

श्रीमान् एमाले र श्रीमती कांग्रेसको उम्मेदवार

मोहन विष्ट(कञ्चनपुर)
स्थानीय तहको चुनावमा कञ्चनपुरमा रोचक भिडन्त हुने भएको छ । एक दम्पती नै कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा चुनावी मैदानमा उत्रिएका छन् । श्रीमान्–श्रीमती नै फरक–फरक पार्टीबाट चुनावी मैदानमा उत्रिएका हुन् ।
दोधारा–चाँदनी नगरपालिका– ७ मा श्रीमती कांग्रेस र श्रीमान् एमालेबाट वडासदस्य पदको दौडमा छन् । कांग्रेसबाट श्रीमती कमला उपाध्याय र एमालेबाट श्रीमान् सन्दीप उपाध्याय वडासदस्य पदका उम्मेदवार छन् । सन्दीप खुला सदस्य र कमला महिला सदस्यबाट भिडिरहेका छन् ।

फरक पार्टी भए पनि एक–आपसमा सौहार्दतापूर्ण तरिकाले उपाध्यायदम्पती चुनावमा होमिएका छन् । उपाध्याय जोडी बिहानै घरबाट निस्किएर राति मात्रै घरमा आइपुग्छन् । कांग्रेसबाट वडासदस्यमा होमिएकी कमलाले घरभित्र श्रीमान्–श्रीमती गेटबाहिर गएपछि आ–आफ्नो पार्टीको काममा लाग्ने गरेको बताइन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।