डडेल्धुरा । अमरगढी नगरपालिका भित्रका चार सय जनालाई विपद व्यवस्थापन सम्बन्धि अभिमुखिकरण दिईएको छ । अभिमुखिकरण पश्चात सामुदायिक आपतकालिन प्रतिकार्य समुह बनाईने छ । डडेल्धुरा भुकम्पको उच्च जोखिममा छ । तर नगरपालिकामा विपद व्यवस्थापन समुहरु छैनन् । प्राकृतिक विपदीको सामना नगरवासीले गरिरहे पनि खोज उद्धार एवं विपद व्यवस्थापन समुह नभएकाले स्थानियलाई अभिमुखिकरण गराई व्यवस्थापन समुह गठन गरिने जनाईएको छ ।



युरोपेली आयोग मानविय सहायता विभागको आर्थिक तथा युएनडिपि नेपालको प्राबिधिक सहयोगमा स्थानिय साझेदार संस्था रुडुकको सहजिकरणमा अभिमुखिकरण गरिएको हो । अमरगढी नगरपालिका–५ र ७ का स्थानियलाई अभिमुखिकरण दिईएको हो । दुई वडा वडाका २० टोलमा अभिमुखिकरण गरिएको युएनडिपिका मदन आचार्यले बताए ।
समुदायलाई अत्थानशिल बनाउन सघाउने, भुकम्पिय पूर्व तयारीका लागी सवाल बनाउने र आठ वटा विभिन्न सरोकारवाला निकायहरु संग सहकार्य गरी कार्यक्रमलाई अघि बढाउने रुडुक डडेल्धुरा कार्यकारी निर्देशक सरस्वती खड्काले बताईन ।
शहरी क्षेत्र र जनसंख्याका आधारमा दुई वटा वडालाई छनौट गरी अभिमुखिकरण गरिएको हो । विपद व्यवस्थापन सम्बन्धि प्रशिक्षण गराई स्वंयसेवक उत्पादन गरी सामुदायिक प्रतिकार्यमा सहयोग गराउने कार्यक्रमको उद्देश्य रहेको रुडुकका अमर साउदले बताए ।
स्थानियलाई रणबम गण डडेल्धुराका सेनानी राजु केसि, दिवस पौडेल, सह सेनानी हरिश शाही, युएनडिपिका मदन आचार्य र रुडुकका अमर साउदले प्रशिण दिएका थिए । लिपुलेक न्युज

























