दिपक राज भट्ट ( डडेल्धुरा) ः डडेल्धुरा अमरगढी ४ खलंगा घर भएका विनय हाल जापानमा बस्दै आएका थिए ।
मल्लको जन्म डेल्धुराको अमरगढी नगरपालिका ४ खलंगामा २०४३ साल बैशाख १६ मा बुवा खडक बहादुर मल्ल र आमा बसन्तीदेवी मल्लको कोखबाट भएको थियो । आज शनिवार मल्ल जन्म थयो डडेल्धुरामा पुगेका छन्। उनलाई स्थानीयले बाजागाजा सहित स्वागत गरेका छन् ।



मल्लले समाजसेवा निरन्तर गदै आएका छन् । उनले डडेल्धुराका अधिकांस स्थानमा गरिव, दुखि, असाह्य व्यक्तिहरु लाई सहयोग गर्दै आएका छन् ,भने उनले पछिल्लो समयमा डडेल्धुरको अमरगढी नगरपालिकाका विद्यालयहरुमा अक्ष्यय कोष निमार्ण गर्ने योजना लागु गरेका छन् । यस्तै उनले विद्यालयमा कम्प्युटर ल्याव, विद्यालय रंगरोगन, ड्ेस दिने काम गरेका छन् ।
मल्लले हालसम्म विभिनन क्षेत्रमा ६० लाख जति दान गरिसकेका छन्।
मल्ल भन्छन् ः धर्म भनेकै सेवा हो हामीले घाउमा मलम लगाउने काम गर्नु पर्छ त्यो नै धर्म हो ।

























