२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

अत्तरियामा अवरुद्ध पारिएको यातायात खुल्यो

धनगढी : अत्तरियामा अवरुद्ध पारिएको यातायात खुलेको छ। शनिबार बिहान अत्तरियास्थित पद्मा अस्पतालमा उपचाररत गोदावरी नगरपालिका –३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्यु भएको थियो।

डाक्टरको लापर्बाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित भएका मृतकका आफन्तले अस्पतालमा ढुंगामुडा प्रहार गरेका थिए भने, अत्तरियाको यातायात पनि अवरुद्ध पारेका थिए। अहिले अवरुद्ध यातायात सञ्चालनमा आइसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ।
ढुंगामुडा प्रहारबाट अस्पताल बाहिरका सिसा फुटेका छन्। आक्रोशित भिड तितरवितर गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरेको थियो। आक्रोशित आफन्त र अस्पतालबीच सहमतिको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।