२०८२ चैत्र २७ शुक्रबार
२०८२ चैत्र २७ शुक्रबार

डडेल्धुरामा ६१ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप

डडेल्धुरा । यहाँको कुल जनसंख्या मध्ये ६१ प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन । राष्ट्रिय जनगणना २०६८ अनुसार डडेल्धुरामा १२ वर्ष र सो भन्दा माथिको कुल जनसंख्या १ लाख २३ हजार ३ सुय ९५ छ । यो जनसंख्या मध्ये ५८ दशमलव १ प्रतिशतलाई पहिलो मात्रा खोप दिईएको छ भने दोस्रो मात्रा अर्थात पूर्व खोप पाउनेको संख्या ६१ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय डडेल्धुरा स्वास्थ्य निरिक्षक बिमला ज्ञावलीले बताईन ।

१८ वर्ष भन्दा माथिको जम्मा जनसंख्यामा खोपको पहिलो मात्रा पाउनेको संख्या ५६ दशमलव २ र दोस्रो मात्रा लगाउनेको संख्या ७० दशमलव ४ रहेको छ । ६५ वर्ष माथिका जोखिममा रहेकाहरुलाई दिईएको खोपको मात्र ८ दशमलव ९ प्रतिशत छ ।
१२ देखि १७ वर्ष उमेर समुहको जम्मा जनसंख्या १८ हजार १ सय ४ मध्ये हाल सम्म ६९ प्रतिशतलाई खोपको पहिलो मात्र दिईएको छ भने ६ दशमलव ८३ लाई दोस्रो मात्रा दिईएको छ । अमरगढी नगरपालिकाले करिब २५ सय लाई खोप लगाएको भए पनि तथ्यांक उपलब्ध नगारएका कारण खोप लगाउनेको संख्या बढ्ने छ ।
प्राप्त खोप कोभिसिल्ड २८ हजार ६ सय १०, उस्ट्रेजेनिका ९ हजार ५ सय, भेरोसिल, जेनसेन ३१ हजार ६ सय, फाईजर २ हजार ६ सय ८८ र माडर्ना १९ हजार मध्ये १५ सय डोज जिल्ला अस्पताल डोटी लाई पठाईएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
सात वटा स्थानिय तह रहेको डडेल्धुरामा प्रत्येक स्थानिय तहको कार्यालयमा रहेका स्वास्थ्य शाखाहरु बाट नियमित रुपमा खोप दिईदै छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।