२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

उपाध्यक्षले अध्यक्षको दात भाचेपछि…

काठमाडौं । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच मंगलबार कु’टाकु’ट भएको छ । सप्तरीको छिन्नमस्ता गाउँ कार्यपालिकाको बैठकका क्रममा अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको हो ।

अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचिएको छ । वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र यादवका अनुसार किसानलाई गहुँको बिऊ वितरण गर्ने विषयमा उनीहरुबीच विवाद भएको थियो ।
सोही विषयमा भनाभन भएपछि उपाध्यक्षले कुर्सी उठाएर अध्यक्षमाथि प्हार गरेका हुन् । त्यही क्रममा झडप हुँदा अध्यक्षज्यूको दुई वटा दाँत भाँचिएको छ ।
जानकारी अनुसार किसानका लागि अनुदान अन्तर्गतको गहुँको बिउ वितरणबारे गाउँ कार्यपालिका कार्यालयमा वि’वा’द हुँदा दुई जनप्रतिनिधिबीच हा’त हा’लाहा’ल भ’एको हो ।
गहुँ बिउ वितरणको स्थान र प्रक्रियाबारे बैठकमा विवाद हुँदा अध्यक्षले आफूलाई अ’पश’ब्द प्रयोग गर्दै हात समाई अ’भद्र व्य’व’हार ग’रे’पछि प्रतिकार गरेको उपाध्यक्ष उषाकुमारी मण्डलले जानकारी दिनुभयो ।

गाली गलौज गर्दै हात समाई साडी खोलिदिने भन्दै अभद्र व्यवहार गरेपछि प्रतिकार गरेको उपाध्यक्ष मण्डलले तर्क गर्नुभयो । आफ्नो इज्जत जोगाउन प्रतिकार गर्दा कता लाग्यो के भयो भन्ने जानकारी नभएको बताउनुभयो ।
उपाध्यक्षले अध्यक्षको आ’क्र’म’णबाट हातका चुरा फुटेको र चोट लागेको समेत उहाँले उल्लेख गर्नुभयो । छिन्नमस्ता गाउँपालिकामा पछिल्लो २ आर्थिक वर्षदेखि गाउँसभा हुन नसक्दा विकास निर्माणका काम पनि ठप्प छन् ।

कर्मचारीले समेत महिनौंदेखि तलब खान पाएका थिएनन् । एक साताअघि मात्रै गत आर्थिक वर्षको गाउँसभा भएको थियो । तर अध्यक्ष र उपाध्यक्षबीच बजेट वितरणलाई लिएर सार्वजनिक रुपमै विवाद हुँदै आएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।