काठमाडौं — संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो ९ सय ग्राम तौल बराबरको १ थान वस्तु सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तनहुँ शुक्लागण्डकी नगरपालिका(१० बस्ने ३४ वर्षीया फूलमाया बिक र काठमाडौं तार्केश्वर नगरपालिका(६, धर्मस्थली बस्ने २८ वर्षीय सुसन सुनार रहेका छन् । काठमाडौं महानगरपालिका(४ सुकेधारा क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई गैंडाको खाग जस्तो
देखिने उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई बरामद सामान सहित आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन
कार्यालय हात्तीसार काठमाडौंमा बुझाइने उक्त ब्यूरोले जनाएको छ ।
नियन्त्रित लागूऔषध सहित पक्राउ




























