डडेल्धुरा — अस्पताल लगायत स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ । सबै उमेर समुहमा अहिले ज्वरो आउने, खोकी लाग्ने, टाईफाईड देखिन थालेको छ । ज्वरो आउने, खोकी लाग्नेमा बालबालिका बढी रहेको डडेल्धुरा अस्पतालले जनाएको छ । सामान्य अवस्था भन्दा बिरामीको चाप दोब्बर बढेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी एक अर्कामा सर्ने भएकाले यसले बढी प्रभावित भएको चिकित्सकको भनाई छ ।
बिद्यालय पनि सञ्चालनमा आएका छन । बिद्यालय उमेरका बालबालिका पनि बढी नै प्रभावित भएको चिकित्सक बताउछन । मौसम परिवर्तनको समय रहेकाले पिउनेपानी र खानपिनमा ध्यान नदिदा बिरामी बढेको श्वास्थ्यकर्मीको भनाई छ ।
अहिले बर्षातको सयम सकिदै छ भने चिसो मौसम शुरुवात हुदै छ । बिहान बेलुकी चिसो हावा चल्ने र दिउसो घाम लाग्दा पसिना आउने भएका कारण पनि स्वास्थ्यमा असर पुगेको हो ।
डडेल्धुरा अस्पताल संगै चिरञ्जीबि पोलिक्लिनिक लगायत औषधी पसल, मेडिकलहरुमा समेत बिरामीको घुईचो लाग्ने गरेको छ । डडेल्धुरा अस्पतालमा बिरामीको चाप बढे संगै उपचामा ढिलाई हुने भए पछि निजि अस्पताल तथा मेडिकलहरुमा समेत बिरामीो चाप बढेको चिरञ्जीबि पोलिक्लिनिकले जनाएको छ । टाढा बाट अस्पताल पुग्नेहरुले चाँडै उपचार खोज्ने भएकाले निजि अस्पतालमा पनि बिरामीको चाप बढेको पाईन्छ ।




























