२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

मनहरा नदीमा बेपत्ता भएका बालक मृत फेला

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं १ मा रहेको मनहरा नदीमा बेपत्ता भएका बालक मृत फेला परेका छन् ।

शुक्रबार दिउँसो २ बजे नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई बालकको खोजी गर्दै जादाँ राति मृत फेला परेका हुन् ।

मृत्यु हुनेमा बर्ष १० का योगेन्द्र थापा र बर्ष १४ का अयुग थापा रहेका ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

दिउँसो नदीमा नुहाउन गएका दुवै जना घरमा नफर्किएपछि स्थानियले खोजी गर्दै दुवैका लुगा नदीको किनारमा भेटिएको थियो ।

त्यसपछि ईलाका प्रहरी कार्यालय मालाखेतीवाट नेपाल प्रहरी , सशस्त्र प्रहरी बैजनाथ बाहिनीवाट सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली दुवै बालकको खोजीमा घटनास्थल पुगेका थिए ।

नदीको छेउमा रहेको कपडाको आधारमा खोजी गदै जादाँ कपडा भेटिएको १० मिटर टाढाँ अन्दाजी ११ बजेतिर सशस्त्र प्रहरीको गोताखोर टोलीले दुवै बालकको शव नदीवाट निकालेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी शाहीले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।