यहि समय,यहीँ गल्लि अनि बाटोहरु
अभाव थियो अोतको
तर पनि मिठामिठा प्रेमको वातहरुमा हराउदै
हामी ति झरि पनि खेप्दै हिड्थ्यो



निथ्रुक्क भिजेको त्यो तिम्रो वदन
ढाक्न मैले मेरा केहि थान वस्त्र
तिमीलाई सुम्पेको थिए
जाडोले कढङ्ग्ग्रिएको झै
थरथराएका ति तिम्रा कोमल अोठहरुले
मेरो नाम पुकारेको अझै ताजै लाग्छ
घनघोेर पानी परि रहदा
जोडजोडले मेघ गर्जि रहदा
मालकमिलिक बिजुलि चम्किरहदा
डराएका ति तिम्रा निर्दोष मुहार
अनि अातिदै तिमीले मलाई
अङ्गालोमा बाधेको त्यो क्षण
म बिर्सिन पनि कहाँ सक्छु र?
केहि कदम बढाएसँगै
बाटै छेउको त्यो चिया पसल
जहाँ हामीले चियाको चुस्किसँगै
हाम्रा मायाको भावहरु साटासाट गरेको थियौ
अाँखा जुध्न साथ,लजाउदै झुकेका ति तिम्रा नयनहरु
मेरा यि मन मतिष्कमा अझै सलबलाइ रहेछन्
पानि रोकिएसँगै अघि बढ्दै गरेको
हाम्रो यात्रामा,तिमीले सुस्तसुस्त
मेरो हातमा आफ्नो हात थमाएको
त्यो पल अनि त्यो मिठो स्पर्श
मायामा बेहोसि भएको महो यहि साउने झरि
यहि समय,यहीँ गल्लि अनि बाटोहरु
अभाव थियो अोतको
तर पनि मिठामिठा प्रेमको वातहरुमा हराउदै
हामी ति झरि पनि खेप्दै हिड्थ्यो
निथुर्क भिजेको त्यो तिम्रो वदन
ढाक्न मैले मेरा केहि थान वस्त्र
तिमीलाई सुम्पेको थिए
जाडोले कढङ्ग्ग्रिएको झै
थरथराएका ति तिम्रा कोमल अोठहरुले
मेरो नाम पुकारेको अझै ताजै लाग्छ
घनघोेर पानि परि रहदा
जोडजोडले मेघ गर्जि रहदा
मालकमिलिक बिजुलि चम्किरहदा
डराएका ति तिम्रा निर्दोष मुहार
अनि अातिदै तिमीले मलाई
अङ्गालोमा बाधेको त्यो क्षण
म बिर्सिन पनि कहाँ सक्छु र?
केहि कदम बढाएसँगै
बाटै छेउको त्यो चिया पसल
जहाँ हामीले चियाको चुस्किसँगै
हाम्रा मायाको भावहरु साटासाट गरेको थियौ
अाँखा जुध्न साथ,लजाउदै झुकेका ति तिम्रा नयनहरु
मेरा यि मन मतिष्कमा अझै सलबलाइ रहेछन्
पानि रोकिएसँगै अघि बढ्दै गरेको
क्षण भरमै होसमा आए
जब कारले मलाई हिलो छ्यापेर गयो
त्यो समय तिमिले मलाई हेर्दै हासेको हासो
अझै अबिस्मरणिय छ प्रिय
आज पनि म यहीँ बाटो अनि गल्लिहरुमा छु
समय उस्तै दोहोरि रहन्छन्
साउने महिना आइ रहन्छ
उस्तै साउने बर्षात पनि
तर बर्षातमा मसँगै रुझ्ने तिमी छैनौ
उस्तै गरि गर्जिन छ मेघ
उस्तै गरि चम्किन्छन् बिजुलि पनि
अपसोच,फरक यति छ कि
यो समय मलाई अङ्गालो हाल्ने तिमी छैनौ
बाटै छेउको त्यो चिया पसलमा
म अझै बेला बेला छिर्ने गर्छु
उस्तै छ चिया पसल
उहि छ चिया पसले पनि
तर प्रिय मसँगै बसेर चिया पिउने तिमी छैनौ
बिगतमा झै अझै पनि मलाई
कार बाइकहरुले हिलो छ्यापेर जान्छन्
तर मलाई हिलो पर्दा हास्ने तिमी छैनौ
हो मलाई थाहा छ मेरा
यात्राहरुमा तिमी साथ छैनौ
समय र परिस्थितिले टाढा बनाए पनि
तर म यो भन्न सक्दिन कि
मेरो यादमा तिमी छैनौ
प्रिय मैले गर्ने,मैले सम्झिने पलहरुमा तिमी छैनौ।।
बबिता थापा( काठमाण्डाै नेपाल)

























