२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित

कञ्चनपुर,८ साउन । धानखेतका लागि रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन् । महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि दैनिकजसो किसानको भीड लागे पनि मल नपाउँदा रित्तो हात फर्किनुपर्छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले भने किसानको मागअनुसारको मलखाद उपलब्ध गराउन नसकेको बताएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले किसान मलखादका लागि आउने गरेका भए पनि रित्तै फर्काउनु परेको जानकारी दिए । ‘मात्रै मलखाद चाहियो भनेर किसानले कार्यालय नै घेराउ गर्न समेत पछि पर्दैनन्,’ कार्यालय प्रमुख शाहले भने, ‘माथिबाटै थोरै मलखाद आउँछ, सबैतिर दिँदा समेत पुग्दैन ।’

उनले कञ्चनपुरका ९ वटै पालिकामा मल आपूर्ति समिति रहेको उल्लेख गर्दै स्थानीय समितिले सहकारीमार्फत वितरण गर्ने जानकारी दिए ।शाहका अनुसार हाल ८३ मेट्रिक टन युरिया मौज्दात रहे पनि अपुग छ । कञ्चनपुरमा मलखाद भारतबाट अवैध रूपमा आयात गरेर महंगोमा बिक्री गर्ने गरेको किसानको दुखेसो छ ।कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका सञ्जय रानाले मलखादका लागि पटक–पटक कृषि सामग्रीमा धाउँदा पनि नपाएको पीडा सुनाए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।