अत्तरिया- 3DVL Creation द्वारा माता तिर्थऔंसीको अवसरमा विभिन्न ठाउँमा सहयोग गरेको हो । सामाजिक क्षेत्रमा अग्रसर रहि काम गर्दै आएको संस्थाले आज विभिन्न क्षेत्रमा सहयोग गरेको हो । सामाजिक अभियानता यशोदा भट्ट र एल आर ओझाको अगुवाइमा सहयोग गरेको 3DVL Creationका अध्यक्ष दिपक ओझाले बताए ।




बर्दघाट नगरपालिका ४ बर्दघाट नवलपरासी बाट रुपिन हमाल ठकुरी र धनगढी उपमहानगर पालिका वार्ड न. २ पुरानो भन्सार रोड बस्ने जयराज ओझाको आर्थिक सहयोगम धनगढिमा रहेको दृष्टि फाउण्डेसन नेपालमा रहेका अनाथ बालबालिका तथा मानसिक सन्तुलन गुमाएका करिब ४६ जनाका लागि एक छक खाना संगौ राहत सामग्री जस्मा मासको दाल ५केजी, चना ५केजी, सरफ९ केजी, साबुन २दर्जन, सोयाबिन १०प्याकेट, हरपिक, फिनायल ,१०पिस तेल ६लिटर लगाएतका सामान हस्तान्तरण गरेको हो ।

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका वडा न १३ चन्द्र टोलको सडकमा बिगत लामो समय देखी बसोबास गर्दै आएका भजन सिंह साउद , करिब करिब ५०/५२बर्ष उमेरका ब्याक्तीलाई केहि दिनलाई खन पुग्नेगरि चामल, दाल लगाएतका खाद्यान्न प्रदान गरेको हो भजनको विगत ….. भजन बालक हुँदै आमा बितिन्, दिमागी समस्याले ग्रस्त भएका बुबा उपचार नपाएरै बिते।
जेठो दाइले पनि उमेर नपुग्दै संसार छाडे। यी र यस्तै पीडाबाट विक्षिप्त भएर जन्मस्थान डोटीको जोरायल छाडेर कैलाली झरेका थिए भजन। ‘बाल्यकालकै आमा र बुबाको माया पाइन’ ‘भाव विह्वल मुद्रामा भजनले भने, ‘आमा, बुबा र दाइको मायाले सताउन थालेपछि डोटी छोडेर यहाँ आएको हुँ।’
परिवारमा कोही नभएपछि उनी केही वर्षसम्म आफन्तका घरमा काम गरेर पेट पाल्दै पाले। त्यसरी अर्काको घरमा काम गरेर गाउँमा रुची भएन उनलाई गाउँ छाडेर आजभन्दा २० वर्ष अगाडि कैलाली झरेका थिए भजन।
कैलाली आएर पनि उनी लामो समय अरुको खेतबारीमा काम गरेरै जीविकोपार्जन गरे। शरीर कमजोर हुँदै गयो। गाह्रो–गह्रुंगो काम गर्न नसक्ने भए अनि अहिले झुपडीको बास भयो ।


























