२०८२ चैत्र २७ शुक्रबार
२०८२ चैत्र २७ शुक्रबार

कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट शुक्रबार १३७८ जना नेपाल भित्रिए

 कञ्चनपुर-  कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट शुक्रबार १३७८ जना नेपाल भित्रिएका छन्।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी नाकाबाट ३४७ जना र गौरीफन्टाबाट  १०३९ जना गरी १३७८ जना स्वदेश फर्किएका हुन । 

कोरोना संक्रमण देखिएका बाहेका बाँकी अरु सबैलाई आ-आफ्नो स्थानीय तहको जिम्मा लगाईने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए । कोरोना संक्रमण देखिएका व्यक्तिहरुलाई भने कञ्चनपुरको महाकाली अस्पताल र सेती अस्तालको आईसोलेसनमा राखिने गरेको जनाएको छ ।  

यस्तै शुक्रबार नै दुवै नाकाबाट ३ सय ३१ जना नेपालबाहिर गएका छन् ।  यस्तै दुवै नाकाबाट स्वदेश फर्किएका मध्ये  १४ जनामा कोरोना संक्रमण देखिएको छ । 

प्रशासनका अनुसार गड्डाचौकी नाकाबाट  ३४७ जना भित्रिएका मध्ये  ५३ जनाको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने गौरीफन्टाबाट  १०३९  जना  स्वदेश फर्किएकोमा १२४ जनामा गरिएको एन्टीजेन परीक्षणा १३ जनामा संक्रमण देखिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।