२०८२ चैत्र २० शुक्रबार
२०८२ चैत्र २० शुक्रबार

अत्तरिया फुटबल एकेडमीका महिला खेलाडीहरु वडा नं २ वाट जर्सी सहयोग

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं २ को कार्यालयले नगरपालिकाको एक मात्र महिला फुटबल टिमलाई जर्सी सहयोग गरेको छ ।

आज एक अनौपचारिक कार्यक्रमका बिच वडा नं २ का वडा सदस्यद्धय कमल कडायत र संगिता बि.कले अत्तरिया फुटबल एकेडमीमा रहेका महिला खेलाडीहरुलाई जर्सी हस्तान्तरण गरेका हुन् ।

खेलकुद शिषर्कमा वडा कार्यलयवाट बिनियोजित बजेटवाट १८ महिला खेलाडीहरुका लागि १८ थान जर्सी सहयोग गरिएको वडा सदस्य कमल कडायतले बताए । गोदावरी नगरपालिका भित्र रहेका एक मात्र महिला खेलाडीहरुलाई प्रोत्सहान दिन र प्रशिक्षण गर्न सहज होस भन्ने उध्ेश्यका साथ सानो भएपनि वडाका तर्फवाट जर्सी सहयोग गरिएको बताए ।

उनले नगरपालिकामा महिला खेलाडी न्यून भएकाले उनीहरुलाई प्राथमिकतामा राखेर वडाबाट सहयोग गरिएको बताए । उनले आगामी दिनमा महिला खेलाडीहरुको विकासका लागि आवश्यक सहयोग गर्दै जाने बताए । वडा कार्यलयका तर्फवाट जर्सी सहयोग पाएपछि अत्तरिया फुटबल एकेडमीका अध्यक्ष संजय ओझाले खुसी ब्यक्त गरे ।

उनले महिला फुटबल खेलाडीको टिमलाई देशभर चिनाउन र आफ्नो टिमको बलियो उपस्थिती गराउन अहिले फुटबल एकेडेमीको स्थापना गरेको बताए ।

“हाम्रो महिला टिम र फुटबल एकेडेमीलाई स्थानिय सरकारको पनि साथ पाउँदा हामी निकै खुसी भएका छौ ” उनले भने – “यसका लागि वडा कार्यालयलाई धेरै धेरै धन्यवाद दिन चहान्छु , आगामी दिनहरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा गर्दछौ ।”

यही चैत महिनामा दर्ता भएको एकेडमीमा अहिले ६० जना महिला खेलाडी र बाकि पुरुषहरु गरि १ सय २० जना खेलाडीहरुले प्रशिक्षण लिईरहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।