धनगढी, १९ फागुन । कञ्चनपुरको पुनर्वास नगरपालिकामा बेहोस अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ।



पुनर्वास नगरपालिका–११ विकास बस्तीमा किटनाशक औषधी सेवन गरेको अवस्थामा फेला परेकी ७१ भाजी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको बताए ।
Views: 260

























