२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

छात्राहरु बेहोसः ‘छाउ’हुँदा विद्यालयआएको भन्दै पूजा गर्ने तयारी

बैतडी । पढ्न गएकाछात्राहरु दिनदिनै बेहोस हुनथालेपछि ‘छाउ’(महिनावारी) भएको बेलाविद्यालय जाने गरेकोको भन्दै अभिभाव र शिक्षकले क्षमापूजागर्ने तयारी गरेका छन् । बैतडीको दशरथचन्दनगरपालिका–१०, रातामाटा स्थित दानेश्वर नागार्जुन माविका छात्राहरु एकपछि अर्को गर्दै दैनिक रुपमाविद्यायमै बेहोस् हुन थालेको विद्यायले जानकारी दिएको छ ।

छात्राहरु बेहास हुनथाले पछि फागुन १२ गतेदेखि सञ्चालन हुने परीक्षा १६ गतेसम्मका लागि सारिएको विद्यलायका प्रधानाध्यापक गोपाल जोशीले बताउनुभयो । प्रधानाध्यापकजोशीले भन्नुभयो, ‘ दुई चार दिनपहिले तीनजना छात्रा बेहोस भएर काँप्नथाले ।
९ गतेका दिन त ११ जना छात्राहरु एकै चोटीकामे । त्यसपछिलगातार सबै छात्रा काम्नथालेका छन् । यसले गर्दाविद्यालयको पढाई नै प्रभावित बनेको छ ।

१२ गतेबाट सुरु गर्ने भनिएको परीक्षा १६ का लागि सारेकाछौं ।’स्थानीय अभिभावकले दानेश्वर नागार्जुन मन्दिरका नामबाट स्थापना भएको विद्यलायमा महिनावारी भएका छात्राहरु आउने गरेकोले क्षमापूजागर्न आग्रह गरेको प्रधानाध्यापकजोशीले बताउनुभयो ।

जोशीले भन्नुभयो, ‘ केही अभिभावकले छाउ हुँदा विद्यालय जाने गरेकोले यस्तो भएको भन्दै छन् । स्थानीयवासीले दानेश्वर नागार्जुन देवता प्रति अगाध विश्वास गर्ने गरेका छन् । अभिभावकको मन शान्तिका लागि भए पनि पूजारी बोलाएर क्षमा पूजा गरि दिने भनेको छु ।’

यद्यपि, देउताकै कारण छात्राहरु बेहोस भएकाहुन् भन्ने कुनै ग्यारेन्टी नभएकोले चिकित्सक बोलाएर मनोपरामर्श सञ्चालन गर्नु पर्ने प्रधानाध्यापक जोशीले बताउनु भयो । विद्यालयमा चिकित्सको टोली पठाई दिन नगरपालिका सँग आग्रह गरिएको उहाँले बताउनुभयो ।

छात्राहरु बेहोस हुनथालेको विषयमा जानकारी प्राप्त भएको बताउँदै जिल्ला अस्पताल बैतडीका डाक्टर वशन्तराज जोशीले बुधबार सम्म चिकित्सकको टोली खटाईने बताउनुभयो । डाक्टर जोशीका अनुसार किशोर अवस्थामा हुने ‘मास कन्सटेशन डिसअर्डर’ का कारण यस्तो समस्या आएको बताउनुभयो ।

डाक्टर जोशीले भन्नुभयो, ‘किशोर अवस्थामा हुने शारीरिक विकाससँगै मनमा अनेक कुरा आउँछन् । पूरा हुनन् सक्ने कतिपय कुरा मनमै दबाएर राख्दा चेतन मश्तिष्कले त्यो कुरालाई शारीरिक लक्षणका रुपमा व्यक्त गदिन्छ । यस्तो बेलामा मनोपरामर्श नै उपचारको विधिहो । ’

विद्यालयका छात्राहरु बेहोस भएको विषयमा शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले यसअघि यस्तै प्रकारको समस्या पञ्चेश्वर गाउँपालिकाको जेबलकट्ट, दशरथचन्द नगरपालिकाको गुरुखोला र सिगास गाउँपालिकाको चौखाममापनि देखिएको बताउनुभयो । 

समन्वयइकाइ प्रमुख अवस्थीले मनोपरामर्श गरेपछि यो समस्या समाधान हुने भएकोले महिनावारीका कारणले यस्तो भएको भनेर अभिभावकले भ्रमपाले आत्तिनु पर्ने अवस्था नरहेको बताउनुभयो । गोरखापत्रबाट

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।