नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ। पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहीबार दिउँसो ३ बजे बैठक बस्ने भएको हो।



यसअघि उक्त समूहको स्थायी कमिटी बैठक पुस १९ र २० गते बसेको थियो। आजको बैठकमा संसद् विघटनविरुद्ध संघर्षका कार्यक्रमबारे समसायिक विषयमा छलफल हुने बताइएको छ।
Views: 121

























